Logo

भारतीय अतिक्रमण बन्द नभए जुनसुकै कदम चाल्न बाध्य हुन्छौँः महामन्त्री शाही



  • काठमाडौं, ५ माघ । नेपाल तरुणदलले भारतीय पक्षको दादागिरि अन्त्य नभए जुनसुकै कदम उठाउन तयार रहेको बताएको छ ।
  • तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले बिरगंज महानगरपालिका–१ बजार छप्कैयाको ५० बिघा नेपाली भूभाग भारतमा पर्न गएको, रौतहट र कंचनपुर लगायतका जिल्लामा नयाँ पिल्लर निमार्णको क्रममा नेपाली भूमि मिचिएको भन्दै एक विज्ञप्ती निकालेर बिरोध जनाएका हुन ।
  • महामन्त्री शाहीले रिपोर्टर्स नेपालसँग भने,‘हाम्रो देश सानो होला तर हाम्रो विरासत सानो छैन्, मित्र राष्ट्रको नाममा भारतीय सिमा अतिक्रमण गरिरहेको छ, यदि सिमा अतिक्रणम तत्काल बन्द गरेन भने हामी जुनसुकै कदम चाल्न बाध्य हुनेछौँ।
  •                       प्रेस विज्ञप्ती
  • विभिन्न संचार माध्यमका अनुसार भारतीय पक्षबाट नेपाली सिमा अतिक्रमण भएको भन्ने घटनाले हामीलाई दुखी र आक्रोशित बनाएको छ। पर्सा, रौतहट, कंचनपुर लगायत विभिन्न जिल्लाको नेपाली भूमी मिचेर जंगे पिलर सारिएको घटनाप्रति हामी गम्भीर आपत्ती प्रकट गर्दछौं।
  • नेपाली सिमा र अस्मितामाथि गम्भीर चोट पुर्याउने उक्त कदमलाई तत्काल रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदछौँ। यो घटनाको सत्यतथ्य पत्ता लगार्इ बारम्बार हुने यस्तो सिमा अतिक्रमणको दीर्घकालीन समाधानको लागि उचित पहल कदमी लिन सरकार समक्ष जोडदार माग गर्दछौं । यो दादागिरी स्वरुपको अतिक्रमण बन्द नभए हाम्रो भुमी रक्षाको लागी हामी जुनसुकै कदम चाल्न बाध्य हुनेपनि सम्बधिित पक्ष सबैलाई सचेत गराउदछौं ।
  • भुपेन्द्र जङ्ग शाही
    महामन्त्री
    नेपाल तरुण दल


प्रतिक्रिया दिनुहोस्