Logo

एमाले संसदीय दलको नेतामा शंकर पोख्रेल चयन



काठमाडौं ८ माघ । नम्बर प्रदेशको संसदीय दलको नेतामा शंकर पोखरेललाई चयन भएका छ । आइतवार प्रदेश सदस्यहरुको सपथ ग्रहण पश्चात् एमाले पार्टी कार्यालय बुटवलमा बसेको प्रदेश स्तरीय बैठकले उनलाई चयन गरेको हो ।

एमाले संसदीय दलको बैठक जेष्ठ सदस्य कमल श्रेष्ठको अध्यक्षतामा बसेको थियो । पोख्रेलको प्रस्तावक बैठकमा वैजनाथ चौधरी थिए भने समर्थकमा लिला गिरी थिए । चौधरीको प्रस्तावलाई प्रदेश सांसदहरुले ताली बजाएर सर्मथन गरेका थिए ।

संसदीय दलको नेता चयन भएपछि नेता पोख्रेलले ५ नम्बर प्रदेश प्राचिन तथा ऐतिहासिक हिसाबले अत्यन्तै महत्वपूर्ण रहेको बताए । उनले सम्बृद्ध र वलियो प्रदेश बनाउन अनवरत खटिने पनि जानकारी गराए । आफ्नो ध्यान प्रदेशको विकासमा केन्द्रीत हुने भन्दै त्यसका लागि जनचाहनाहरुलाई योजनावद्ध विकासमा समेटेर अगाडि बढ्ने प्रतिवद्धता जनाए । संबैधानिक व्यवस्था बमाेजिम संसदीय दलकाे नेता मुख्यमन्त्रीका लागि याेग्य हुन्छ ।



प्रतिक्रिया दिनुहोस्