Logo

हिमपात नहुदा हिउँदेबाली सुक्यो, कर्णाली भोकमरीको चिन्तामा



विश्वनाथ सिम्खाडाः  कालिकोट, ८ माघ । माघ पहिलो सातासम्म पनि हिमपात नहुँदा कर्णालीका सबै जिल्लामा हिउदेबालि नष्ट हुन थालेको कृषकहरुले बताएका छन् । खेतमै हिउँदेबाली सुक्न थालेको छ । हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका छन् । जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर तुसाारोले बाली खाएको छ ।

खडेरीका कारण केही किसानले खेतगरा नै बाँझो राखेका छन् । लगाएको बाली नउम्रने र उम्रे पनि मरेर जाने भएकोले अन्न खेर नफाल्न गरा बाँझो राखेको तिला गाउँपालिका–निवासि रेशमा शाहीले बताईन । उनले भनिन्,‘यो वर्षको खडेरीबाट फेरि पनि दुःखका दिन शुरु हुने भए । भोकमरीको समस्या बढ्ने भयो, खेतीमा निर्भर हामी जस्ता किसानलाई आकाशले पनि अन्याय गर्न थाल्यो ।’

खडेरीले गर्दा आम्दानीको स्रोत नभएका तर तीनदेखि छ महिनासम्म मात्र खान पुग्ने यहाँका ग्रामीणवासीलाई झनै ठूलो समस्या हुने देखिएको छ । अर्को तिर तरकारि खेतिगर्ने किषनलाइ पनि मार परेको वताउनु भयो ।

यस्तै राष्कोट नगरपालिका वडा र्न २ का डवल्ले सार्कीले आकाशे पानीमा निर्भर हुनुले हिमाली क्षेत्रका नागरिकले वर्ष बिराएर भोकमारीको समस्या भोग्नु पर्ने बाध्यता रहेको बताए । उनले भने,‘जााडोमा पानी पर्नुको साटो कालो तुषारोले ढाकिरहे छ, यस्तो स्थितिमा बालिनाली मर्छ उत्पादनमा कमी आउने निश्चित छ ।’

यता जिल्ला कृषि विकास कार्यालय कालिकोटका प्रमुख सुनिल कुमार सिंहले यो वर्ष हिउँदेबाली उत्पादनमा गिरावट आउने निश्चित भएको बताएका छन् । उनले भने,‘माघसम्म यसरी हिमपात नभएको पहिलो रेकर्ड नै हो । हिमपात नहुनुले जौँ, गहुँ र उवा बालीमा मात्र नभई यसले स्याउ बाली उत्पादनमा ह्रास आउने र वेमउसमि तरकारिमका पनि असर पर्छ ।’



प्रतिक्रिया दिनुहोस्