Logo

गुटको दलदलमा कांग्रेस



काठमाडौं १० माघ । मुलुकको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस स्वार्थ केन्द्रित गुट र उपगुटको कमजोर बन्दै गएको छ । प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनमा तेस्रो स्थानमा धकेलिए पनि सुधारिने अवस्था अझै देखिएको छैन ।

पार्टी हितको नारा दिने तर व्यक्ति र समुह केन्द्रित स्वार्थ पुरा गर्न नेताहरु सक्रिया हुँदा कांग्रेस गाउँ तहसम्म गुट, उपगुट र समुहमा विभाजित बन्न पुगेको छ ।

आजको नागरिक दैनिकमा यो खबर छ, निर्वाचनमा पार्टिको पराजयपछि १४ औँ महाधिवेशनमा आफ्नो उपस्थिती देखाउन दोस्रो तहका मात्र होईन, युवा केन्द्रीय सदस्य र त्यसभन्दा तलका नेता पनि समुह बनाउन जुटेका छन् ।



प्रतिक्रिया दिनुहोस्