Logo

कालिकोटमा बहुलाह स्यालको टोकाइबाट ५ जना घाइते



विश्वनाथ सिम्खाडाः कालिकोट, १० माघ । कालिकोटमा पछिल्लो समय भाईरल ज्वरोले आक्रान्त बनेको समयमा बहुलाह स्यालको बिगबिगि बढेको छ । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर २ मान्मको पंञ्चदेवल गाउमा आज बौलाह स्यालले टोकेर २ जना बालबालिका र ३ जना बयश्क गरि ५ जना घाईते भएका छन् । बहुलाह स्यालले ५ कुकुर र २ वटा गोरुलाइ पनि टोकेको स्थानियले बताएका छन् ।

बहुलाह स्यालले टोक्दा घाइते हुनेमा खाँडाचक्र नगरपालिका वडा नम्बर २ निवासि ५ वर्षका उपेन्द्र विक, १५ वर्षिया पछिना बिक र सोही वडा कै ६० वर्षिया मान्ति विक, २४ वर्षिया सेति बिस्ट र शान्नि त्रिवेणी गाउँपालिका निवासि वटुवा ३३ वर्षिय लंक बुढा रहेको जिल्ला अस्पताल कालिकोटले जनाएको छ ।

घाइते पाँचै जनालाई जिल्ला अस्पतालमा र्याबिज विरुद्धको भ्याक्सिन लगाएर अरु थप उपचार भइरहेको अस्पताल प्रमुख डा.कौशल अलीले रिपोर्टर्स क्लब नेपाल साखा कालिकोटलाई जानकारी दिएका छन् ।

घाइते मध्य एक जना गम्भिर अवस्था रहेको र अरु चार जना सामान्य घाईते भएको अस्पतालले जनाकएको छ । त्यस्तै ५ वटा कुकुर र २ वटा गोरुलाई टोकेको जिल्ला पशु सेवा कार्यलय कालिकोटले जनाएको छ । बहुलाह स्यालको विगविगि भएको ठाउँमा आजै प्राविधिकको टोलि र्याबिज विरुद्धको भ्याक्सिन लगाएको छ । बहुलाह स्याललाई स्थानियहरुले नियन्त्रणमा लिई मारेका छन् ।



प्रतिक्रिया दिनुहोस्