Logo

भृकुटीमण्डपमा क्यान इन्फोटेक–फोटोफिचर



काठमाडौँ, ११ माघ । कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघको आयोजनामा आजबाट काठमाडौँको भृकुटीमण्डपमा २४ औं संस्करणको सुबिसु क्यान इन्फोटेक २०१८ सुरु भएको छ। मेलाको सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले उद्घाटन गर्ने गरेका थिए।

सञ्चारमन्त्री बस्नेतले प्रविधिको विकास भएमात्र मुलुकको विकास हुने बताउँदै सातवटै प्रदेशका १४ जिल्लालाई सञ्चारमन्त्रालयले पाइलट प्रोजेक्टका रुपमा विकाश गर्ने योजना अघि सारेको जानकारी दिए। उनले तीन वर्षभित्र सञ्चारमन्त्रालयले क्यान महासंघ र शिक्षा मन्त्रालयको सहकार्यमा सातवटै प्रदेशका सबै सामुदायिक विद्यालयमा कप्युटर शिक्षा लागु गर्ने जानकारी दिए। उनले नेपाललाई डिजिटल प्रविधिमा प्रवेश गराउने लक्ष्य लिएका बेला क्यानले गरेको प्रदर्शनी निकै सहानिय रहेको उल्लेख गरे।

तस्बिर मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्