Logo

हिन्दी फिल्म पद्यावतमा स्वभिमान र बहादुरीको गाथा



काठमाडौं, १२ माघ । बलिउडको इतिहासमा संभवत यति ठूलो विवादको सामाना अरु कुनै फिल्मले गर्नुपरेन । फिल्म छायांकनको क्रममा राजपुत करणी सेनाले निर्देशक संजय लिला भन्सालीमाथि हातपात गरे, सेट तोडफोड गरे ।

आफ्नो ‘गौरवपूर्ण इतिहासलाई’ भन्सालीले ‘ग्ल्यामराइज्ड’ गर्न खोजेको भन्दै उनीहरुले निरन्तर बिरोध गरिरहे, गरिरहेका छन् । फिल्म गत डिसेम्बरमा रिलिज हुनुपर्ने थियो । तर, बिवादको कारण रिलिज डेट तन्कियो । राजपुत करणी सेनाको बिरोधका कारण भारतको कतिपय स्थानमा फिल्म प्रदर्शनमा प्रतिवन्ध लगाइएको छ । एकातिर फिल्म प्रदर्शनको बिरुद्धमा करणी सेना उग्र बन्दै गएको छ भने, अर्कोतिर फिल्मले नयाँनयाँ रेकर्ड बनाइरहेको छ ।

यसले भारतको पुरै राजनीतिक माहौल पनि गर्माएको छ । घटना के हो । सत्यता के छ । त्यो विषय लम्बेतान हुनसक्छ । यति मात्र भनौं, केवल एउटा फिल्मको प्रभाव कतिसम्म गहिरो र फराकिलो हुनसक्छ भन्ने चाहि ‘पद्यावत’ले देखाइदियो । ‘पद्यावत’ले के पनि देखाइदियो भने, लफडाबाजीका कारण फिल्म यति धेरै उदागों भएर पनि यसभित्र कति रसिलो गुदी बाँकी रहेछ ।

हो, फिल्मभित्र गुदी बाँकी नै छ, जसले दर्शकलाई २ घण्टा ४३ मिनेट हलचल नगरी बस्न बाध्य बनाउँछ । यो कथा हिन्दी साहित्यका विख्यात कवि मलिक मुहम्मद जायसीको पुस्तक ‘पद्यावत’मा आधारित छ । यस हिसाबले फिल्मको कथामा खास नयाँपन नभएको अनलाइनले समाचार प्रकाशित गरेको छ ।

कस्तो छ कथा ?

भनिरहनु परेन, फिल्म पौराणिक पृष्टभूमीमा उभिएको छ । पात्र, सेट सबैमा पौराणिक शैली र शिल्प झल्कन्छ । अलाउद्दीन खिलजी रणवीर सिंहको कामवासना, क्रोध र झोंकले सुरुदेखि अन्त्यसम्म ल्याउने उथलपुथलले कथालाई वेगवान बनाएको छ । उनी, हरेक नयाँ कुरा भोग गर्ने आकंक्षा राख्छन् ।

उनले आफ्ना काका जलालुद्दीन खिलजी दिल्ली सल्तनतका शासककी छोरी महरुनिसाको हात माग्छन् । समयक्रममा उनै काकाको हत्या गर्छन् र राजगद्दीमा आफु बस्छन् ।

यसैबीच अर्को राज्य चित्तौडगढबाट लखेटिएका राज पुरोहित राघव चेतना खिलजीको दरबारमा आश्रय लिन आइपुग्छन् । ति पुरोहितमार्फत खिलजीले चितौडगढकी महारानी पद्यावती ९दीपिका पादुकोण०को अद्भूत सौन्दर्यको चर्चा सुन्छन् । उनी कहिल्यै नदेखिएको महारानी पद्यावतीमाथि र्‍याल काड्छन् ।

अब लागौं, पद्यावतीतर्फ 

हरिणको सिकार गर्ने क्रममा सिंघल राज्यकी राजकुमारी पद्यावतीको तिरले चित्तौडगडका राजा रतन सिंह शाहिद कपुर घाइते हुनपुग्छन् । अर्को देशबाट पाहुना लाग्न आएका राजालाई स्यहारसुसार गर्ने क्रममा उनीहरुबीच प्रेम हुन्छ । आखिरमा रतन सिंहले पद्यावतीलाई बिवाह गर्छन् । र, चित्तौडगड लिएर आउँछन् ।

अद्भूत रुपवती पद्यावती युद्ध कौशल, वाकचार्तुय र कुटनीतिक क्षमताले परिपूर्ण छिन् । राजा रतन सिंह र पद्यावतीको अन्तरंग क्षणको चियो गर्न पुगेका राज पुरोहित राघव चेतनालाई देश निकाला गरिन्छ । राज पुरोहित आश्रय खोज्दै अलाउद्दीन खिलजीकहाँ पुग्छन् । आफ्नो अपमानको बदला लिने चेष्टा सहित पुरोहितले रुपवती रानी पद्यावतीको लोभ देखाएर खिलजीलाई उकास्छ ।

रानी पद्यावतीलाई पाउने खिलजीको ढिंपी र त्यसको रक्षात्मक अवस्थामा रहेका रतन सिंहबीचको द्वन्द्व नै फिल्मको कथा हो । तर, यो मूलकथासँग जोडिएर आउने अरु थुप्रै कथा फिल्मको आयतन र तौल बढाएको छ ।

किन हेर्ने फिल्म ?

संजय लिला भन्सालीको फिल्मले ठूलो बजेटको भव्यता चखाउँछ । सदियौं पुरानो राजघरनाको कथालाई उनले अद्भूत तर स्वभाविक ढंगले पेश गरेका छन् । भन्सालीको फिल्मको सेट, फ्रेमिङ, पाश्र्व ध्वनी जुन उनी आफैको हो, डाइलग, गेटअप, सिनेम्याटोग्राफीसँग कथाको बेजोड तालमेलमा प्रश्न गर्ने ठाउँ रहँदैन । केहि दृश्यमा तर्क गर्ने ठाउँ नभएको होइन, यद्यपी फिल्मको भव्यवता सामु त्यस्ता तर्कको तुक रहन्न ।

फिल्म एकसरो कथाभित्र त्यस्ता लोभलाग्दा सुक्ष्म तत्वहरु छन्, जसले दर्शकको मनलाई स्थिर रहन दिदैन । पद्यावतीको समर्पणभाव, राजा रतन सिंहको पुरुषार्थ, खिलजीको भयानकताले कहिले दर्शकको मन पगाल्छ, कहिले जोश बढाउँछ र कहिले भय पैदा गर्छ ।



प्रतिक्रिया दिनुहोस्