Logo

‘बिर्तामोड सन्देश’को प्रकाशन शुरु



भद्रपुर, १४ माघ । झापाको बिर्तामोडबाट ‘बिर्तामोड सन्देश’ त्रैमासिक बुलेटिनको प्रकाशन शनिबारदेखि शुरु भएको छ । बिर्तामोडको सेरोफेरो र उद्योग व्यवसायसँग सम्बन्धित विषय समेट्ने गरी बिर्तामोड उद्योग वाणिज्य संघले उक्त बुलेटिनको प्रकाशन शुरु गरेको हो ।

बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटी, उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईलगायतले शनिबार उक्त बुलेटिनको सामूहिक रुपमा विमोचन गर्नुभयो ।  उद्योग व्यवसायको प्रवद्र्धनमा टेवा पु¥याउन र संघका गतिविधि हरेक उद्योगी व्यवसायीमाझ सम्प्रेषण गर्न बुलेटिन प्रकाशन गरिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । बुलेटिनका सम्पादकमा एकराज गिरी रहनुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्