Logo

शिक्षाप्रेमी सापकोटाद्धारा विद्यालयलाई आर्थिक सहयोग



कौरव खत्रीः गुल्मी, १४ माघ । बाग्लुङ्गको एक प्राथमिक विद्यालयको लागि अढाई लाख भन्दा बढिको आर्थिक सहयोग प्राप्त भएको छ । गल्कोट नगरपालिका वडा नं.९ रिष्मि निवासी समाजसेवी तथा शिक्षाप्रेमी शेषकान्त सापकोटा (पशुपति) ले सोही वडा छिस बदमपाटामा रहेको विष्णु प्राथमिक विद्यालयको लागि २ लाख ५१ हजार, ५ सय, ५६ रुपैया नगद सहित ४५ थान स्वीटर विद्यालयलाई सहयोग गरेका छन् ।

साथै सहयोगी सापकोटाले आफु १२ बर्षदेखि निरन्तर जापानमा रहेर पनि आफ्नो गाँउ ठाँउ र जन्मभुमिप्रति केही सहयोग गनुपर्छ भन्दै अरुलाई समेत सहयोग प्ररेणा र भावना जागोस भनेर आफुले सहयोग गरेको बताएका छन् ।

साथै दानवीर सापकोटाले ठुलो ठुलो विद्यालयमा सबैले राम्रो सहयोग गर्ने तर सानो र गरिवका बालवालिकाहरुले पढ्ने विद्यालयलाई पनि आर्थिक सहयोग गरेर शैक्षिक गुणस्तर वृद्धि गरि माथी उठाउनु पर्छ भन्दै आफुले सहयोग गरेको बताए । त्यस्तै दानवीर सापकोटाले पनि लामो समयदेखि समाजिक क्षेत्रमा आर्थिक सहयोग गदै आएका छन् । विद्यालयलाई आर्थिक सहयोग गर्ने चन्दादाताहरु मध्य पशुपति सापकोटा हालसम्म कै सबैभन्दा बढि आर्थिक सहयोग गर्ने वरिष्ठ चन्दादाताको रुपमा समेत विद्यालयले घोषित गरेको छ ।

यता विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने र कम्प्युटर शिक्षा प्रदान लगायतमा सहयोग रकमले निकै फाइदा पुग्ने विद्यालयका प्रधानाध्यापक प्रेमसागर सापकोटाले जानकारी दिए । साथै उक्क्त सहयोग रकम विद्यालयको रजत महोत्सवको अवसरमा प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot