Logo

स्ट्रे र जीवनः जमुना आर.सी



स्ट्रे र जीवन

कविता

फ्याकिएको चुरोटको ठुटा जस्तै फ्याकिएछ
स्ट्रेमा आजकल फूल जस्तो जीवन
अनि बैशालु रहरले एक सर्को तानेर धूवा
स्ट्रेमा विश्राम गरिरहेछ चुरोट जस्तै बतास
बतास जस्तै चिसो चिसो छ
जीवन आजकल घरि रझेको छ्र्र
घरि रूझाएको छ घरि जलेको छ
घरि जलाएको छ स्ट्रेमै आफूलाई
बनाएर मात्र खरानी धूवा
स्नेहको बाछिटाले रंगीन रहरमा
जवरजस्ति निदाउन किन खोजिरहन्छ्र्र
रंगीन हाँसोको तकिया विछ्याएर
फूलकै स्ट्रेहरमासेताम्मे फुलेको बूढ़ों साँझ
अंगालेर तन्नेरी बताससँगै हिउँको रंग
चोरीचोरीबैसालु फूलको
सुगन्धमा लठ्ठिदै बढो मस्किरहन्छ
अलिकति गुनासो धेरै खुसी सहित
फूलकै हदयमा रमाएर आजकल
बैसालु बतास बतास जस्तै जीवन
रंगीन यो स्ट्रेमा आखिर मुर्झाएको
फूलसँगै मुर्झाएकै जीवनको स्ट्रेमा

जमुना आर.सी
पोखरा



प्रतिक्रिया दिनुहोस्