Logo

वरिष्ठ साहित्यकार ब्राजाकी रहेनन्, ७५ वर्षको उमेरमा निधन



काठमाडौँ, १९ माघ । वरिष्ठ  साहित्यकार मनु ब्राजाकी अब हामीमाझ रहेनन् । उनको आज बिहान ७५ वर्षको उमेरमा निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिएका छन् । मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् । समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उनी नेपाली गजल लेखनमा पनि सिद्धहस्त हुन ।



प्रतिक्रिया दिनुहोस्