Logo

नेपाल परिवार नियोजन संघ नयाँ उचाईमाः अध्यक्ष गिरी



नारायण गिरीः काठमाडौं, २० माघ । नेपाल परिवार नियोजन संघका कार्य समितिका अध्यक्ष छत्र बहादुर गिरीले सरकारले दिएको जिम्मेवारी अनुसार आफुहरुले कार्य सम्पादन गर्ने बताएका छन् । नयाँ कार्य समितिलाई संघको कार्यालय पुल्चोकमा आयोजना गरिएको स्वागत कार्यक्रममा अध्यक्ष गिरीले यस्तो बताएका हुन ।

उनले भने, ‘हामी कसैलाई प्रतिशोध साध्न आएका होईनौ, संस्थामा देखिएको विचलनलाई निरुत्साहित गर्न, नेपालमा स्वाथ्य क्षेत्र त्यसमा पनि परिवार नियोजनको क्षेत्रमा काम गर्ने ५९ वर्ष पुरानो आईपीपीएफ सदस्य संस्थाको गरिमा जोगाउन र संघलाई नयँँ गतिमा लैजाने म्यान्डेटकासाथ मन्त्रिपरिषद्ले दिएकाले निर्देशनलाई पालना गर्नेछौँ।’ उक्त कार्यक्रममा संघका पुर्व अध्यक्ष सुवास प्रधानले पुरानो कार्य समिति विघठन भएकोमा खुसि प्रकट गरेका छन् ।

उनले भने, ‘पुरानो कार्यसमितिको पहिले नै विघठन पहिले नै गर्नुपर्ने थियो, हाल गर्नैपर्ने अवस्थामा पुगेकाले सरकारले विघठन गरेको र कार्य समितिले धरासायी भएको संघमा कुनै पनि आर्थिक भार नपर्ने गरी काम गर्नुपर्छ ।’

त्यसैगरी सदस्यहरु डा।पदम चन्द, रविन कोईराला लगायतले आफ्नो धारणा राख्दै अबको संघ नमुना बनाउनु पर्नेमा जोड दिएका छन् । संस्थाकी कार्यकारी निर्देशक महिमा मल्लले केही उतार चढाव आए पनि झण्डै पाच सय कर्मचारी रहेको, ५९ बर्ष पुरानो संघले विवेकपुर्ण ढंगले चल्नुपर्ने बताएकी छन् । नेपालमा परिवार नियोजनको क्षेत्रमा काम गर्न २०१६ साल असोज २ गते स्थापीत सो संस्थामा पछिल्लो समयमा अमुसिंह सिंजापति नेतृत्वमा रहदा आन्तरिक विवाद सतहमैै आएको थियो ।

संघको बहुमत सदस्यले राजिनामा दिएपछि सिजापतिले मनोमानी सदस्य नियुक्ति गरी व्यापक चलखेल गरेको भन्दै सरकारले संस्थाको सुध्रिढीकरण तथा व्यवस्थापनको लागि पुरानो कार्य समिति विघठन गरी संघको पुर्व अध्यक्ष समेत रहिसकेका छत्र बहादुर गिरीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । संघिय संरचना अनुसार संस्था पुनःसंरचनाको जिम्मेवारी समेत दिएको छ ।



प्रतिक्रिया दिनुहोस्