Logo

‘जात्रा’ को सिक्वेल बन्ने, पुरानै कलाकार दोहोरिने



काठमाडौैं, २० माघ । बक्स अफिसमा सफल भएका फिल्मको सिक्वेल निर्माण हुने क्रम ह्वात्तै बढेको छ । तर, फिल्म ‘नाई नभन्नु ल’ को सिक्वेललाई छोड्ने हो भने नेपालमा कुनै पनि फिल्मको सिक्वेलको इतिहास राम्रो छैन ।

यस्तै, वर्ष २०७३ मा रिलिज भएको सुपरहिट फिल्म ‘जात्रा’ को पनि सिक्वेल निर्माण हुने भएको छ । अर्को वर्षको जेठ पहिलो साताबाट छायांकन सुरु गर्ने गरि यतिबेला निर्माण टीम स्क्रिप्टमा छलफल गरिरहेको छ । निर्देशक प्रदीप भट्टराईको लेखन र निर्देशन रहने ‘जात्रा( २’ को कथा भने नयाँ हुनेछ ।निर्देशक भट्टराईले भने, ‘अहिले हामी फिल्मको सुरुवात चरणमा छौं । ‘जात्रा’ जहाँबाट अन्त्य भएको थियो फिल्म त्यहीबाट सुरु हुन्छ । तर, कथा भने नयाँ हुनेछ ।’ उनका अनुसार, ‘जात्रा’ को सिक्वेलमा पुरानै कलाकारहरु दोहोरिने छन् ।

शुक्रवार साँझ ‘जात्रा’ युट्युबमा रिलिज हुँदैछ । निर्देशक भट्टराई अगाडि भन्छन्, ‘फिल्म युट्युबमा रिलिज सँगै ‘जात्रा( २’ को टीजर फ्याक्ने हाम्रो तयारी थियो । तर विभिन्न कारणले सम्भव भएन । ढुक्क हुनुहोस् ‘जात्रा’ को सिक्वेल बन्छ ।’

उनले ‘जात्रा’ को सिक्वेलमा पनि वर्षा राउत, विपिन कार्की, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा लगायतका कलाकारहरुको नै मुख्य भूमिका हुने जानकारी दिए । फिल्ममा नयाँ कलाकारहरुको पनि अभिनय रहनेछ । रविन्द्र सिंह बाँनियाले फिल्म निर्माण गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्