Logo

केपी ओली र प्रचण्डबीचमा नै कुरा मिलेन



काठमाडौं २१ माघ । नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता प्रक्रिया लम्बिने भएको छ । पार्टी एकतापछि बन्ने एकीकृत पार्टीको पद बाँडफाँडमा एमाले अध्यक्ष कपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिएको छ ।

नयाँ सरकार गठनपछि मात्र पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने एमालेका एक नेताले बताए । ‘राष्ट्रियसभाको निर्वाचन, प्रदेशसभाको सरकार गठनसँगै अब नयाँ सरकार गठनको गृहकार्यमा लाग्नुपर्ने भएकाले दुवै दलको ध्यान नयाँ सरकार गठनमा केन्द्रित हुनेछ ।’ ती नेताले भने ।

समाचारमा लेखिएको छ, सरकार गठनअघि नै पार्टी एकता गर्न माओवादीले दबाब दिए पनि एमालेले भने पर्ख र हेरको रणनीति लिएको छ । ओली र प्रचण्डका बीचमा नै पद बाँडफाँडमा कुरा मिल्न नसकेपछि एकताको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्