Logo

एमाले–माओवादी केन्द्रबीच तत्काल एकता हुन्छः पुर्वगृहमन्त्री बस्नेत



लंकराज धमाला : सुर्खत, २१ माघ । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले प्रदेश नम्बर ६ को मुख्यमन्त्रीका बारेमा केन्द्रले टुङगो लगाउने बताएका छन् । माओवादी केन्द्रकोे भागमा प्रदेश ६ र ७ परेकोले दुवै प्रदेश प्रमुखको बारेमा छिट्टै केन्द्रले टुंगो लगाउने जानकारी दिएका हुन ।

पुर्वगृहमन्त्री समेत रहेका बस्नेतले भने,‘राष्ट्रिय सभामा पनि आठैजना सदस्य निर्बाचित हुने पक्का छ, प्रदेश प्रमुखका बारेमा माओवादी केन्द्रले यसका बारेमा चाँडै निर्णय गर्नेछ।’ रिपोर्टर्स क्लब नेपाल प्रदेश ६ का संयोजक लंकराज धमालाको अध्यक्षतामा आईतबार क्लबको प्रदेश कार्यालयमा आयोजित साक्षात्कारमा बोल्दै प्रतिनिधि सभा सदस्य बस्नेतले पार्टी एकताका लागि एमालेसँग चुनावमा गठबन्धन गरीएको दाबी स्पष्ट पारेका छन् ।

उनले भने,‘एकले अर्काको अस्तित्व स्वीकार गर्दै सहअस्तित्व निर्माण गर्दै साझा मार्गचित्र मार्फत पार्टी एकता हुन्छ, दुई पार्टीबीचको एकता नभई सिङ्गो कम्यूनिष्ट आन्दोलनको एकता हो, यसलाई कसैले रोक्नु हुँदैन ।’

साक्षात्कारमा बोल्दै नेता बस्नेतले दुई धार एक हुने भन्दै मूलुक र जनताको हितमा एमाले–माओवादी केन्द्रबीच तत्काल एकता हुने ठोकुवा समेत गरे ।  प्रदेश मुख्य मन्त्री महेन्द्रबहादुर शाही अथवा नरेश भण्डारी मध्य को बन्छ त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता बस्नेतले भने,‘अरुले जसको नाम लिए पनि पार्टीको निर्णय बिना अड्कल गर्न हुँदैन, त्यो शुभ खबर पाउन धेरै कुर्नु पर्ने स्थितिछैन् ।’ नेता बस्नेतले समृृद्ध मूलुक निर्माण गर्ने अभिभारा वाम गठबन्धका काँधमा आएको भन्दै नागरीकहरुले दिएको अभिभारा पूर्ण पालना गर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्