Logo

रेखा थापा र राम कुमारी झाँक्रीबीचको अन्तरंग



काठमाडौं, २२ माघ । नेकपा एमाले नेतृ राम कुमारी झाँक्री र नायिका रेखा थापाबीचका केही समानता र केही भिन्नताहरुलाई मिहिन रुपमा प्रकाश पार्ने चेष्टा गर्दैछु । केही दिन अघि एउटा सामाजिक सञ्जालमा उनीहरु दुवै जना एउटै फोरममा देखिए । उनीहरुलाई फेशबुक लाईभ नाममा उतारिएको थियो ।  राकुमारी सानै उमेर देखी राजनीतिमा लागिन् । फरक शासनकालमा सडक तताउने देखि विद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिकाको मूख्य भागमा रहिन् । आजको दिनमा उनी एमालेबाट प्रदेश सांसदमा मनोनित भएकी छिन् । आगामी दिनमा उनले प्रदेश सभामा कुन रुपमा आफ्नो क्षमता प्रदर्शन गर्छिन् अहिले नै भन्न सकिदैन । अपेक्षाको उत्तर पाउन केही समय कुर्नैपर्छ ।

त्यस्तै अर्की पात्र नायिका रेखा थापा सानै उमेरमा चलचित्रमा लागिन् । महिलाहरु पनि सक्छन् भन्नेमा उभिईन । महिलाहरुले घुम्टोभित्र टाउको लुकाउने स्थितिलाई फराकिलो बनाउनमा कलाकारिताको माध्ययमलाई अँगालिन । १५-१६ वर्षको उमेरमा चलचित्र खेल्नु र आफ्नो क्षमता प्रदर्शन गर्नु आज भन्दा करिव २० वर्ष पहिलेको अवस्थामा चानचुने संघर्ष त पक्कै थिएन ।उक्त संवादमा नेतृ झाँक्रीले रेखा थापालाई शुरुमै हेपाह नजरबाट हेर्न खोजिन । एक अर्कामा सकरी परिचित हुनुभयो भन्ने अन्तवार्ताकारको प्रश्नमा उनले रेखालाई ‘गल्यामर’ केटीको रुपमा चिनेको संकेत गरिन् । रेखाले त्यो आरोपलाई सहजै खण्डन गरिन् । मेरो पनि आन्दोलन थियो, महिलाले पुरै छोपिएर हिड्नुपर्ने ? आधा आकाश आधा धर्तीको हकदार महिला अलि खुल्ला भएर हिड्नुपर्छ भन्ने मान्यता थियो भनेर रेखा चुपभईन ।

निक्कै लामो अन्तरवार्तामा नेतृ झाँक्रिले मुलुकमा धेरै परिर्वतन आएको बताईन तर रेखाले उनलको दाबिलाई सोझै ईन्कार गरिन । त्यसको मर्म फकर थियो । झाँक्रिले रेखाको कामलाई एक वाक्य धन्यवाद वा राम्रो काम हो सम्म पनि भनिन् । बिवाह गर्न योग्यता चाहिन्छ, महिला बन्नलाई दिईने तालिम बन्द गरियोस्, महिला हिँसाको जन्म बालबिवाह हो, जस्ता कुराहरु लिएर बालबिवाह अन्त्यको लागि महाअभियान सञ्चालन गरिरहेकी रेखा थापाको जागरणले नेतृ झाँक्रि नछोएको देख्दा नेपाली राजनीतिकर्मीहरु अरुको अस्तित्व स्वीकार गर्न सक्दैनन् रहेछन भन्ने प्रमाणित हुन्छ । रेखाले पकट–पकट विटक बस्तिका नाम दिएर महिला माथि हिँसा बाँकि छ । महिला दबिएका छन् । डरको रेखामा पिल्सिएर बाँचिरहेका छन् भनेर भनिन् । तराई देखि प्यूठानका कन्दरामा पुगेको उदाहरण दिएर त्यहाँको प्रत्यक्ष पीडालाई बताईन । कालिकोट, बाजुरा समेतको नाम लिएरै भनिन् त्यहाँका महिलाहरुको जीवनस्तर न्यून छ । तर त्यसले पनि झाँक्रीलाई नछोएको जस्तो देखियो ।

राजनीतिक रुपमा सफल मानिएकी नेतृ झाँक्री भावि समयकी शक्तिमान नेतृको संख्यामा पर्छिन । नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी झाँक्री यूरोपका देशमा पुगेर नेपालीहरुको हितमा काम गरिहरको बताईन । त्यो प्रसँगमा रेखा थापाले देशमा केही छैन् ? सबै राजनीतिक कर्मीले बिगारे भनेर बिदेश जानु र विदेशमा बसेर विकास भएन रोजगार भएन भनेर गालि गर्नु गल्ति भएको टिप्पणी गरिन । त्यो टिप्पणीमा नेतृ झाँक्री झोक्किन अरुलाई बोल्न नदिएर बटारिदै भनिन् चाहना र महोत्वकाँछाका आधारमा मानिस विदेसिने गरेको जिद्धी गरिन् । देशमा केही छैन र नेताले बिगारेको देश भनेर भन्नु गलत हो । देशमा बसेर केही गथर्नुपर्छ भन्ने तर्क रेखा थापाको ठिकै जहाँसम्म ।

अर्को कुरा नेतृ झाँक्री आफु आन्दोलनबाट आएकी र रेखालाई कलाकारीताबाट आएकी उसले के नै गरेकी छ र ? भन्ने खालको हल्का टिप्पणी गरेको भान हुन्छ । उक्त टिप्पणीले उनलाई हल्का बनाई दिएको उनले नै पत्तो पाईनन् । यूवाहरुले देश चलाउन पाउनु पर्छ भन्ने तर क्षमता नराख्ने ? रेखाले झाँक्रीलाई चुनाव लडेर आउन नसक्ने जस्ता आरोप लगाएको बुझिनन् । रेखाले हामी महिला र पुरुष होईन केवल मान्छे हुँ मान्छे भएर बाँचौ भन्दै आफ्नो क्षमता विस्तारमा जुट्न महिलाहरुलाई आग्रह गरिन् । रेखाले झाँक्रीलाई घरिघरि दिदी भनिरहदा उनले रेखा जीले सम्बोधन गरिन् । रेखाले दिदी भनेको खण्डमा रेखा बहिनी नै भन्नुपर्छ भन्ने कदापि होईन । हुन पनि हो । यूवाहरु वर्तमान शासन व्यबस्थाका संम्वाहक हुन भनिन्छ । तर नेताहरुको झोले बन्ने र घरको दैलो कुर्ने बाहेक अरु के नै गर्न सकेका छन् र ? नयाँ विचार र भिजन निमार्ण गर्न नसक्ने यूवाहरुले

अन्तरवार्ताकारको अर्को प्रश्नमा झाँक्रीले चित्त बुझ्दो जवाफ दिन सकिनन् । आगामी पाँच वर्षमा के के गर्नु हुन्छ ? आर्थिक समृद्धिकोबारेमा के गर्नु हुन्छ भन्ने प्रश्नको जवाफमा उनी चुकिन् । आर्थिक पारदर्शिता र शुसाशनको भारि नारा लगाउने एमालेका अध्यक्ष ओलीलले केही दिन अघि ‘अन्डरग्राउण्ड मनि’लाई एकचोटी सेतो बनाउन दिनुपर्छ भनेर बोलेका थिए । कालो धनलाई समेत सेतो बनाउन दिन खालको अभिव्यक्तिलाई सामान्य रुपमा लिन सकिदैन । कि उनीसँग कालो धन जोडिएको हुनुपर्छ । कि उनका वरिपरि बसेर खान पल्केकाहरुसँग कालो धन हुनुपर्छ । भावि प्रधानमन्त्रीका रुपमा हेरिएका व्यक्तिबाट नेपाली समाजले कस्तो अपेक्षा राख्ने ? उनै ओलीको एउटा कार्यकर्ताबाट आर्थिक समृद्धिको बारेमा गतिलो जवाफ खोज्ने हामी नै मुर्ख हौँ ।

अन्त्यमा, झाँक्री र थापाबीचमा समानताको हिसाब उनी दुवै महिला हुन । दुवै चर्चीत पात्र हुन । राजनीतिमा रेखा पछि आएकी हुन । झाँक्री राजनीतिमा पहिले आएकी हुन । झाँक्री राजनीतिक कर्मी मात्रै हुन । रेखा कलाकार र राजनीतिकर्मी हुन । राजनीतिमा जेलनेल खाएका मात्रै सफल भएका छैनन् । अन्य पेशाबाट आएका व्यक्तिहरु पनि छन् भन्ने कुरा कसैले भूल्नु हुँदैन । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा.रामवरण यायव एक उदाहरण हुन । दुवैसँग बिवाहको अनुभव छ । झाँक्री आमा हुन । रेखाले आमा बन्न बाँकि छ । झाँक्री कम्यूनिष्ट बिचारकी हुन । रेखा प्रजातन्त्रवादी हुन् । अन्तरवार्ताको पूर्ण भाग हेर्नको लागि—

Taja Sawal Live with Rekha Thapa (Actress/Politician) and Ramkumari Jhankri (Politician)

नायिका रेखा थापा र नेता रामकुमारी झाक्रीसँगको कुराकानी ।

Posted by Sajha Sawal on Friday, 2 February 2018



प्रतिक्रिया दिनुहोस्