Logo

त्रिभुवन माविका लागि डेढ करोड आर्थिक संकलन



कौरव खत्रीः गुल्मी २२ माघ । गुल्मीको एक माध्यमिक विद्यालयले सञ्चालन गरेको चन्दा संकलन मार्फत झण्डै डेढ करोड आर्थिक रकम संकलन गरेको छ । मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घा भुवाचिदिमा रहेको त्रिभुवन माध्यमिक विद्यालयलाई आर्थिक संकलन अभियान मार्फत १ करोड, ३६ लाख, ७४ हजार, ९४ रुपैया बरावरको सहयोग रकम प्राप्त भएको विद्यालयका शिक्षक गोपाल रायमाझीले जानकारी दिए ।

‘गुणस्तरीय प्राबिधिक शिक्षा, नमुना विद्यालय हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित विद्यालयले आगामी फाल्गुन ३ देखि ७ गतेसम्म विद्यालयले भव्य रुपमा स्वर्ण महोत्सव मनाउने विद्यालय श्रोतले जनाएको छ । महोत्सवलाई लक्षित गरेर विद्यालयले आर्थिक संकलन अभियानसँगै प्रचार प्रसारलाई समेत तिव्रता दिएको विदालयका शिक्षक रायमाझीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्