Logo

सर्विनले किन गाय ‘देशमा विप्लवको खाँचो छ’ बोलको गीत ?



काठमाडौ, २२ माघ । जनवादी गायक सर्बिन बोगटी र गायिका पार्वती न्यौपानेको स्वरमा क्रान्तिकारी गीत बजारमा आएको छ । १० वर्षे जनयुद्धका बेला कालिकोटको नरहरीनाथ गाउपालिका‘साविक रुप्सा’ बाट परिवर्तनको मार्गमा होमिएका गायक बोगटी आजको दिनमा पनि परिवर्तनको आभास खोजिरहेका छन् । विश्वास चन्द ठकुरीको शब्द रचना तथा पार्वती न्यौपानेको संगीत रहेको गीत देशमा विप्लवको खाँचो भएको बताएका छन् ।

संसदीय व्यवस्थाको अन्त्य, निरंकुशताको अन्त्य, जनताको शासन व्यवस्थाको लागि थालनि भएको युद्धका कमाण्डरहरु नै फरक धारमा उभिएकोमा विमति छ गायक बोगटीको ।यूद्धभूमिमा क्रान्तिकारी गीत संगीत मार्फत जागरण सिर्जना गर्नमा महत्वपूर्ण भूमिका खेलेका बोगटी जनमुक्ति सेनाबाट स्वऐक्षिक अवकास लिएर बसेका छन् । आजको दिनमा सास्कृतिक कल्चर सन्चालन गरेर बसेको बताउछन् ।

गीतमा कलाकारहरु ‘हाम्रो कुरा साचो छ, देशमा विप्लवको खाँचो छ’ बोलको गीत मार्फत जनतालाई सन्देश दिन खोजेको छ । विप्लवको अर्थ अन्याय र अत्याचारको बिद्रोह हो । उक्त गीत आरएनसि म्यूजिक प्रालिको युट्युब च्यानलमार्फत सार्बजनिक भएको छ । गीतमा पुरानै व्यवस्थालाई ब्यूताउने कोसिस गरिएको भन्दै देशमा विप्लवको खाँचो भएको बताइएको छ । गायक बोगटीले शब्द, स्वर र संगीत गरेर करिब चार दर्जन गीत बजारमा छन् ।



प्रतिक्रिया दिनुहोस्