Logo

साथीत्व कायम राख्नको लागि ध्यान दिनुपर्ने ५ कुरा



काठमाडौं, २३ माघ । साथीको सम्बन्धलाई पवित्र र मनको नाताको रुपमा बुझ्ने चलन छ । कतिपय साथी यति फलदायी हुन्छन् नि, उनीहरुको संगतकै कारण निकै व्यक्ति सफल भएका छन् । उदाहरण यस्तो पनि पाइन्छ, कतिपय संगतकै कारण पतित भएर गएका छन् ।
तसर्थ यी पाँच प्रकारका व्यक्तिहरुको सङ्गतबाट टाढै बसौं १

१। सधैँ आफ्नै कुरा लाद्ने

साथी यस्तो हुनुपर्छ, जसले तपाइँलाई साथ देओस् । तपाइँको कुरा पनि सुनोस्, न कि हाकिमको जस्तो ब्यबहार गरोस् । हरेक कुरा आफ्नो मात्रै लाद्न खोज्ने साथी बनाउँदा तपाइँलाई जिन्दगीमा केही फाइदा हुँदैन, हुन्छ त केवल घाटा मात्रै ।

२। कुरा कुरामा अपमानित गर्ने

साथी साथीमा हाँसी(मजाक त चलिरहन्छ । यस्तोमा कहिलेकाहीँ अनजानमा बोलिने कुरा र गरिने व्यवहारले चित्त दुख्न सक्छ, यो त सामान्य नै हो । तर, कसैले जिस्किएको बहानामा तपाइँलाई बारम्बार अपमानित गर्न खोज्छ भने त्यस्तो व्यक्तिसँगको संगत आजै छाडिदिनुस् । साथीको सम्बन्ध सम्मानमा हुन्छ, अपमानमा होइन ।

३। अफ्ठ्यारोमा साथ नदिने

हामी सबैको साथमा आ(आफ्नो जरुरी काम त हुन्छ नै, तर सच्चा साथीले आवश्यक पर्दा तपाइँलाई साथ दिनुपर्छ । कोही त्यस्तो व्यक्ति जो तपाइँलाई अति आवश्यक पर्दा पनि व्यस्त रहेको बहाना बनाएर साथ दिँदैन भने त्यस्तो साथीको संगत पनि छाडिदिनुस् ।

४। स्वार्थी

केही यस्ता हुन्छन्, जो आफूलाई आवश्यक पर्दा मात्रै साथीलाई सम्झिन्छन् । काम नपर्दा वास्तासमेत नगर्नेहरु आफ्नो काम परेपछि चेपारे घस्दै जोडिन आउँछन् । होसियार १ यस्ता साथीहरु पनि तपाइँको साथको लायक छैनन् ।

५। डाह गर्ने

साथी त एकअर्काको सफलतामा खुसी हुनुपर्छ । यदि कोही त्यस्तो व्यक्ति जो अरुको सफलतामा जल्छ भने त्यो कसैको संगत लायक हुँदैन । यस्ता व्यक्तिले तपाइँलाई पनि कहिल्यै सफल हुन दिँदैनन् । त्यसलै यिनीहरुको संगत आजैबाट छाडिदिनुस् । अनि कतै तपाइँमा पनि यस्तो कुनै गलत स्वभाव त छैन रु यदि त्यस्तो हो भने, तपाइँ स्वयमलाई पनि यो फाइदाजनक नहुनसक्छ । समयमै सोच्नुहोला ।



प्रतिक्रिया दिनुहोस्