Logo

के युवतिमा सर्वाधिक आकर्षक कुरा उसको शरीर मात्रै हो ? रेखा थापा



काठमाडौं । लोक प्रिय नायिका रेखा थापा पछिल्लो समयमा चलचित्र, राजनीति र सामाजिक अभियानमा व्यस्त छन् । समाजमा जागरण ल्याउने मानिस थोरै हुन्छन् । धेरैले शुरुमै कुरा काट्ने खेदो खन्ने गर्दछन् । यो धुव्र सत्य हो कि सत्यको पक्षमा उभिएको मानिस कुनै न कुनै दिन सफल हुन्छ । रेखा थापाले पछिल्लो समयमा निक्कै घत लाग्दा शब्दहरु मार्फत जागरण शुरु गरिरहेकी छन् ।

समाज परिवर्तन र महिला हिँसाको बिरुद्धमा उभिएकी नायिका थापाले आफ्नो फेशबुक पेजमा लेखेकी छन् एउटा युवती जसलाई किन सुनिदैन ? किन देखिन्छ मात्रै ? उनले अघि लेखेकी छन्, ‘बहुसन्ख्यक युवतीहरुले एउटा यस्तो परिबेशबाट गुज्रिनुपर्छ जहाँ मान्छेहरुलाई त्यो युवतिले बोलीरहदा एउटा अर्थ हिनताबाट गुज्रिनुपर्छ ।

उसका सपना, महत्वाकान्छा, कल्पनाहरु, देश, राजनीति, बिकास र तर्कहरु कुनै अर्थका हुँदैनन । किनकी उसको स्रोताहरुलाई ति युवतिका आँखा, कपाल, हाउभाउ, पहिरन र सुन्दरता तर्फ बढी आशक्ति हुन्छ । युवती बौद्धिकता र बिचारले प्रतिस्पर्धी आँखाबाट हेरिन्न । तिनका अभिब्यक्तिहरु थाहा नपाई श्रीङगारिक रङले लपेटी सकेका हुन्छन उसका स्रोताहरुले ।

युवती देखिन्छिन तर सुनिन्नन् किनकी उनीबाट सुन्न लायक कुराहरु केही आउँदैन भन्ने अनुमान हावी हुन्छ । पिता, पुर्खा, ईतिहास, अर्थ, राजनीति, धर्म, समाज आदी सबै कुराको प्रभाव झेले पनि युवती बोल्ने बेला चाँही अज्ञानी हुनुपर्छ किन ? के गाउँको बारेमा, समाजको बारेमा र भबिष्यको बारेमा युवतिको चेतना अछुत हुन्छ ? अज्ञानि हुन्छ ।

के एउटा युवतिका बहादुरिका कथा हुँदैनन ? के एउटा युवतिको मस्तिस्कमा देश बदल्ने बिचार आउँदैनन ? के एउटा युवतिको आँखामा ठुला सपना हुँदैनन ? के एउटा युवतिका स्वभाविक आक्रोश र समानताका माग हुँदैनन ? के एउटा युवतिमा भएको सर्वाधिक आकर्षक कुरा उसको शरीर मात्रै हो ? हाम्रो समाज युवतिलाई, बहिनीलाई, छोरीलाई, पत्निलाई सुन्ने गरी बनेको छैन ।

युवती गुनासो सुनाउने, पिडा सुनाउने, सम्रक्षण खोज्ने, रहर दर्साउने पात्र मात्रै हो रु मलाई लाग्छ हरेक युवतिका ठुला सपना हुन्छन, महत्वाकान्क्ष्या र मत हुन्छन । धेरै जसो ति सपना र बिचराहरुको मृत्‍यु उनी जन्मेको घर भित्रै हुन्छ र बाँकी उनको समाजमा ।

यदी हामी आफ्नी बहिनी र छोरीलाई माया गर्छौ भने ‘निश्चित रुपमा गर्छौ’ हाम्रो माया र सम्म्मानको उत्कृष्ट तरिका हो उनिहरुलाई सुन्ने । तपाई आफ्नो परम्परा र धारणाको चश्मा र कानका ढक्कन खोल्नु भो भने सुन्नु र देख्नु हुनेछ हरेक युवती भित्र एउटा परिवर्तनको नायक छ । साचै भन्नेहो भने एउटा नारी पात्रको सोच दिगो र लामो भविष्य सम्मको हुन्छ किनकी उसको सपनाले जननी सम्बेग पनि समेटेको हुन्छ ।

हामी आजैबाट कसैलाई नसोधी र बजेट खर्च नगरि एउटा परिवर्तन शुरुवात गर्न सक्छौ त्यो हो एउटा नारी पात्रको अभिब्यक्त्ती सुन्दा उसको बिचार र बौद्दिकतालाई प्रोत्साहन गरेर ।



प्रतिक्रिया दिनुहोस्

Screenshot