Logo

अध्यक्ष राणा स्वास्थ्योपचारका लागि भारत प्रस्थान



काठमाडौँ, २३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘प्रजातान्त्रिक’का अध्यक्ष पशुपतिशम्शेर जबरा स्वास्थ्योपचारका लागि आज बिहान भारततर्फ प्रस्थान गरेका छन् ।

मुम्बईस्थित प्राकृतिक चिकित्सालयमा करिब दुई सातासम्म उनको स्वास्थ्योपचार गरिने पार्टी महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए । उनले आज साँझ नयाँदिल्लीमा केही भारतीय नेतासँग समेत भेटघाट गर्ने बुझिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्