Logo

सिटिइभिटि समन्वय समिति संयोजकमा विष्णु महतारा



काठमाडौं, २३ माघ ।  नेपाल विद्यार्थी संघ सिटिइभिटि समन्वय समितीको संयोजकमा विष्णु महतारा चयन भएका छन । सोमबार देशभरिका सिटिइभिटि संग संबन्धीत कलेजहरुबाट उपस्थीत राष्ट्रीय भेलाले महतारालाइ सर्वसम्मत संयोजकमा चयन गरेको हो ।

कार्यक्रमको प्रमुख अथीतीको रुपमा रहेका नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री सरोजकुमार थापाले सिटिइभिटिमा बढ्दो आर्थीक अनियमितता रहेको र यो आर्थीक चलखेल नेविसंघका साथीहरुले रोक्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा बोल्दै थापाले भने सिटिइभिटिको केन्द्रिय नेतृत्व र कलेज संचालकहरु बिच पार्दशिता हुनुपर्छ जेहेन्दार विद्यार्थीहरु, गरीव विद्यार्थीहरुको लागी छात्रवृत्ति लगायत गुण्स्तर शिक्षाको पक्षमा नेविसंघ अगाडी बढ्नुपर्छ । सो क्रममा थापाले देश संघियतामा गइरहेकोबेला स्थानीय स्तरमा पनि व्यवसायिक शिक्षालय स्थापना गर्नुपर्ने जोड दिए ।

कार्यक्रममा बिशिष्ट अथिती नेविसंघका केन्द्रीय उपाध्यक्ष संजय यादवले संयोजकलाइ बधाइ तथा शुभकामाना दिदै नेवसिंघमा सुदृढीकरण आवस्यक रहेको बताए । कार्यक्रममा अर्का बिशिष्ट अथिती नेविसंघ केन्द्रीय उपाध्यक्ष विकास केसीले यस राष्ट्रिय भेलाले चयन गरेको कार्यसमितिले विद्यार्थीको हकहितमा कामगर्ने विश्वास लियको बताए । कार्यक्रममा नेविसंघ केन्द्रीय सह महामन्त्री प्रेम जोशीले नयां नेतृत्वलाइ बधाइ तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा भेलाले आफुलाइ सर्बसम्मत संयोजकमा चयन गरेकोले धन्यवाद दिदैं आफुले बिद्यार्थिहरुको हकहितमा लागीपर्ने बताए । महताराले भने देशभरि रहेका सिटिइभिटि संग संबन्धीत कलेजहरुमा निश्चित शूल्क गराउनुपर्ने र धनिका मात्र छोराछोरी होइन गरीवका छोराछोरीले पनि पढ्नपाउने व्यबस्था हुनुपर्नेममा जोड दिए । नेविसंघमा आफ्नो श्वार्थको लागी लागीपर्ने तर आफुलाइ जिताएका विद्यार्थीहरुकालागी सिन्को नभाच्ने परिपाटिको अन्त्य गर्ने प्रतिबद्धता समेत महताराले व्यक्त गरे ।
राष्ट्रिय भेलाले २० सदस्यीय सिटिइभिटि केन्द्रीय समन्वय समिती गठन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्