Logo

अर्को महिनादेखि खुला विश्वविद्यालयको पढाई



काठमाडौं २५ माघ ।
नेपाल खुला विश्वविद्यालयले अर्को महिनादेखि पढाई सुरु गर्ने भएको छ । विश्वविद्यालयको बुधबार बसेको पहिलो सभाले विभिन्न संकायको ६८ वटा कार्यक्रम सञ्चालन गर्न स्वीकृति गरेपछि कक्षा सुरु गर्ने बाटो खुलेको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा.लेखनाथ शर्माका अनुसार मार्चदेखि एजुकेशनल स्टडीज, सोसल साइन्स र आइटीमा एमफिल, डिस्ट्यान्स एण्ड इ लर्निङको एक वर्षे कोर्ष सुरुआत गर्न लागेको हो। ‘यो महिनामा भर्नाको सूचना जारी गर्छौ,’उनले भने,‘अर्को महिनादेखि अनलाइनमा आधारित कोर्सको पढाई सुरु गर्छौं।’

विश्वविद्यालयले व्यवस्थापन, कानून, सामाजिक शास्त्र, शिक्षा संकाय र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायका कार्यक्रम सञ्चालन गर्ने उनले बताए। बैठकले सातै प्रदेशमा खुला विश्वविद्यालयका प्रादेशिकस्तरका अध्ययन केन्द्रहरु खोल्ने निर्णय गरेको छ। पाँच महिनादेखि विश्वविद्यालयले विभिन्न कार्यक्रम पूर्ण रुपमा सञ्चालन गर्ने लक्ष्य लिएको छ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्