Logo

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी



काठमाडौं २७ माघ ।
सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा दिएको छ ।

सेनाको मुख्यालय जंगी अड्डाले रक्षा मन्त्रालयमार्फत गरेको सिफारिसमा मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले घिमिरेलाई मानार्थ सहायक रथीको दर्जा दिने निर्णय लिएको हो । उनले राष्ट्रलाई पुर्‍याएको योगदानलाई ध्यानमा राखेर मानार्थ सहायक रथीको दर्जा दिन सिफारिस गरिएको सेना प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए ।

घिमिरेले अब सेनाबाट मानार्थ सहायक रथीको सम्मानका अतिरिक्त सेवासुविधा पाउनेछन् । उनले सहायक रथीको पोसाकसमेत लाउन पाउनेछन् । यसअघि अम्बर गुरुङ र गोपाल पाँडे ‘असिम’ लाई सेनाको मानार्थ लेफटिनेन्ट कर्णेलको दर्जा दिइएको थियो ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्