Logo

यी हुन् एमालेले छानेका ४१ समानुपातिक सांसद [सूचीसहित]



काठमाडौं २९ माघ । एमालेले समानुपातिकतर्फका आफ्नो पार्टीले पाउने सांसदहरुको नाम तय गरेको छ । स्थायी समितिको आइतबारको बैठकले ४१ जना सांसदको नाम तय गरेको हो । त्यसमध्ये ३७ महिला र ४ पुरुष परेका छन् ।

निर्वाचन आयोगले तीन दिनभित्र नामावली बुझाउन शनिबार दलहरुलाई पत्राचार गरेको थियो। आयोगमा नाम बुझाउने नामको टुंगो लगाउन आइतबार एमाले बैठक बसेको हो।

बैठकले फागुन महिनाभित्र पार्टी एकता गरिसक्ने निर्णय गरेको छ। सरकारले राष्ट्रिय सभामा मनोनित गर्नका लागि ३ जनाको नाम सिफारिस गरेकोमा विरोध प्रकट गरेको छ।

को को परे
१. मुकुन्द न्यौपाने (खसआर्य/पुरुष)
२. विजय सुब्बा (आदिवासी जनजाति/पुरुष)
३. मोहन बानियाँ (पिछडिएको क्षेत्र/पुरुष)
४. मोतीलाल दुगड (मधेसी/पुरुष)
५. थममाया थापा (आदिवासी जनजाति/महिला)
६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति/महिला)
७. सुजिता शाक्य (आदिवासी जनजाति/महिला)
८. रामकुमारी झाँक्री (आदिवासी जनजाति/महिला)
९. बिना श्रेष्ठ (आदिवासी जनजाति/महिला)
१०. कु. तुल्सी थापा (आदिवासी जनजाति/महिला)
११. नबिना लामा (आदिवासी जनजाति/महिला)
१२. शान्तिमाया तामाङ पाख्रिन (आदिवासी जनजाति/महिला)
१३. कुमारी मेचे (आदिवासी जनजाति/महिला)
१४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति/महिला)
१५. राधाकुमारी ज्ञवाली (खसआर्य/महिला)
१६. बिन्दा पाण्डे (खसआर्य/महिला)
१७. गोमा देवकोटा (खसआर्य/महिला)
१८. कल्याणीकुमारी खड्का (खसआर्य/महिला)
१९. निरुदेवी पाल (खसआर्य/महिला)
२०. मनकुमारी जिसी (खसआर्य/महिला)
२१. मायादेवी न्यौपाने (खसआर्य/महिला)
२२. विष्णु शर्मा (खसआर्य/महिला)
२३. सरिता न्यौपाने (खसआर्य/महिला)
२४. मैनाकुमारी भण्डारी (खसआर्य/महिला)
२५. तीर्था गौतम (खसआर्य/महिला)
२६. शान्ता चौधरी (थारु/महिला)
२७. लक्ष्मीकुमारी चौधरी (थारु/महिला)
२८. गंगा चौधरी (सत्गौवा) (थारु/महिला)
२९. निरादेवी जैरु (दलित/महिला)
३०. बिमला विश्वकर्मा (दलित/महिला)
३१. बिमला विक (दलित/महिला)
३२. पार्वतीकुमारी विसुंखे (दलित/महिला)
३३. सानु शिवा (दलित/महिला)
३४. आशाकुमारी विक (दलित/महिला)
३५. जुलीकुमारी महतो (मधेसी/महिला)
३६. डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी/महिला)
३७. सरलाकुमारी यादव (मधेसी/महिला)
३८. रेखाकुमारी झा (मधेसी/महिला)
३९. सरिताकुमारी गिरी (मधेसी/महिला)
४०. कालिला खान (मुस्लिम/महिला)
४१. समिना हुसेन (मुस्लिम/महिला)



प्रतिक्रिया दिनुहोस्