Logo

नेपालले क्यानडालाई हराउनैपर्ने बाध्यता



काठमाडौं २ फागुन ।
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत आज नेपाल क्यानडासँग खेल्दैछ ।आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत मंगलबार भएको खेलमा आयोजक नामिबियाले केन्यालाई पराजित गरेपछि नेपालले क्यानडालाई हराउनैपर्ने भएको छ ।

आयोजक नामिबियाले केन्यालाई ८ विकेटको फराकिलो अन्तरले हराएसँगै नेपालले आफ्नो अन्तिम खेलमा क्यानडालाई हराउनैपर्ने भएको हो ।

केन्यालाई हराएपछि नामिबिया नेट रनरेटको आधारमा तालिकाको दोस्रो स्थानमा उक्लिएसँगै नेपालमाथि शीर्ष स्थानमा रहेको क्यानडालाई हराउनै पर्ने दबाब बढेको हो ।

बलिङ र ब्याटिङ दुवैमा गतिलो प्रदर्शन गरेको नामिबियाले केन्याविलाई केबल ११० रनमा सीमित मात्रै गरेन, मात्रै १६ ओभर खेले २ विकेटको क्षतिमा जित पनि पक्का गर्‍यो ।

नामिबियाको यो जितपछि बुधबारमात्रै विश्वकप छनोटका लागि पुग्ने टिम तय हुनेछन् । आयोजक नामिबियालाई पहिलो खेलमा पराजित गरेको नेपालले अन्तिम खेल पनि जितेमा मात्रै विश्वकप छनोट यात्रा पक्का हुने भएको हो ।

नेपालले यसअघि पहिलो खेलमा नामिबियालाई हराएको थियो भने दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो। त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्सलाई नेपालले हराएको थियो । अब अन्तिम खेलमा पनि नेपालले नतिजा आफ्नो पक्षमा पार्नुपर्नेछ ।

क्यानडा, नामिबिया र नेपालले अहिलेसम्म समान ६-६ अंक बटुलेका छन् । युएईले भने ४ अंक बटुलेको छ ।
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्