Logo

देउवाले आजै राजिनामा दिने



काठमाडौं, २ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिने भएका छन्। निर्वाचन आयोगले निर्वाचन मतपरिणाम राष्ट्रपतिलाई बुझाउने वित्तिकै देउवाले राजिनामा दिने भएका हुन ।

यता आयोगले आजै प्रतिनिधिसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरिसकेको छ । प्रधानमन्त्री देउवाले राजिनामा दिनुअघि राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । देउवा निकट उच्च स्रोतका अनुसार राजिनामा दिन प्रधानमन्त्री तयारी अवस्थामा छन् ।
राजिनामा पत्र समेत तयार भैसकेको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्