Logo

ओली निवासमा बधाइ दिनेको भीड



काठमाडौं ५ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई बधाई तथा शुभकामना दिन भक्तपुरको बालकोटस्थित उनको निजी निवासमा आउनेको भीड लागेको छ ।

प्रधानमन्त्री ओली निवासमा नवनियुक्त मन्त्रीद्वय, प्रदेशमन्त्री, प्रदेशसभाका सभामुख, एमालेका केन्द्रीय नेता, सञ्चारकर्मी, कलाकार, व्यापारी, सुरक्षा निकायका उच्च ओहोदाका व्यक्तिलगायत प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिन आएका थिए । बिहान ७ बजेदेखि नै ओली निवासमा शुभेच्छुकको भीड लागेको थियो । बधाई दिन आउनेले घण्टौं कुरेर लामबद्ध भएर प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रधानमन्त्री निवासमा जनसंख्या तथा वातावरण मन्त्री लालबावु पण्डित, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा पनि पुगेका थिए । ओलीलाई बधाई तथा शुभकामना दिन प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानु श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेललगायत पनि आएका थिए ।

त्यसैगरी प्रधानसेनापति राजेन्द्र क्षत्री, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरीका उच्चपदस्थ अधिकारी, कलाकार शिव श्रेष्ठलगायत, पत्रकार, लेखक विभिन्न संघसंगठनका पदाधिकारी एवं सर्वसाधारणको भीड लागेको छ ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्