Logo

रथी महतको ‘फाइदै फाइदा’ नामक कृति सार्वजनिक



धनराज वास्तविक

काठमाडौं, ५ फागुन । पूर्व रथी बलदेवराज महतको हाँस्यव्यङग्य निबन्धसंग्रह ‘फाईदै फाइदा’ सार्वजनिक गरिएको छ । राजधानीको डिल्ली बजारस्थीत भोजनगृहमा सत्याल प्रकाशनले एक कार्यक्रमको आयोजना गरि उक्त कृतिको विमोचान गरेको हो ।  कार्यक्रमका प्रमुख अथिति एव्म नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले उक्त पुस्तकको बिमोचन गरेका हुन ।

कुलपति उप्रेतीले ईच्छाशक्तिको आधारमा मानिसले आफ्ना कार्यहरु गर्ने बताएका छन् । उनले भने,‘सत्याल प्रकाशनलाई निक्कै नजिकबाट चिन्दछु, र पहिले देखी नै चिन्छु, प्रकाशन गृहका संचालक अजयकुमार सत्यालले आफ्नो स्वास्थ्य स्थिति प्रतिकुल हुँदा हुँदैपनि यस्तो महत्वपूर्ण कृति बजारमा उठाउने काम गर्नुभयो, उहाँलाई धन्यवाद छ।’

उनले अघि थपे,‘कृतिका लेखक बलदेव जीलाई धेरै बधाई छ, उहाँले आफ्नो जीवनमा भोगेका अनेकन भोगाईहरुलाई साहित्यको विधामा ल्याएर कैद गर्नुभयो, यो चानचुने कुरा होईन, नेपाली साहित्य क्षेत्रमा यस कृतिको विषेश महत्व रहनेछ, आगामी दिनहरुमा पनि यस्ता कृतिहरु लेख्दै जानुहोला मेरो तपाईलाई शुभकामना छ।’

त्यस्तै प्राध्यापक मोहनराज आचार्यले हाँस्यव्यङग्यको शैलिमा लेखिएका १३ वटै निबन्धहरु समसामयिक र सत्यमा आधिरित रहेको टिप्पणी गरेका छन् । उनले भने,‘सर्जक महतले लेखेका हरेक कुराहरु सन्देश मुलक छन्, सरल भाषामा आफु सानोभएर अरुलाई ठूलो बनाएर लेख्ने शैली सबैभन्दा राम्रो शैली हो, उहाँको यो पुस्तकमा दुई प्रकारका निबन्धहरु छन्, परिस्थितिक र समसामयिक, यस कृतिलाई वर्तमान समयको ऐना बनाउनु भएको छ, प्रकाशले यस्ता पुस्तकहरु प्रकाशनमा ध्यान दिएको छ, आगामी दिनहरुमा पनि यस्ता पुस्तकहरु प्रकाशन गर्न नछोड्नु होला प्रकाशकलाई मेरो आग्रह छ ।’

उनले अघि थपे,‘वर्तमान विसंगतिलाई हाँस्यव्यङ्ग्यको माध्ययमबाट गालि नगरी र कटाक्ष नगरि लेख्नु भएको छ, लेखकसँग पुरानो अनुभव छ, हाँस्य मात्रै भयो भने जोक हुन्छ, व्यङ्ग्य मात्रै भयो भने त्यो कटाक्ष मात्रै हुन्छ, लेखकले यसलाई सरल रुपमा मिश्रण रुप दिएर साहित्यमा हुनुपर्ने विशेषतालाई समेटेर यो पुस्तक दिनुभएको छ।’

सत्याल प्रकाशनका अध्यक्ष अजयकुमार सत्यालको सभापतित्वमा सम्पन्न कृति बिमोचन कार्यक्रममा शङ्कर कार्की, खेमलाल पोखरले, क्षितिज भण्डारी लगायतले कृतिको शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन छायादत्त न्यौपानेले गरेका थिए । काभ्रेमा जन्मिएका सर्जक महतका यस कृति भन्दा पहिले अपुरो माया र तिर्सना गरी दुईवटा कथा सङ्ग्र प्रकाशित छन् ।

रथी मत ३८ वर्षे नेपाली सेनाको जागिरेबाट गत कार्तिक १७ गते अवकास लिएका हुन । उनले विमर्श, कान्तिपुर दैनिक, जानकारी साप्ताहिक लगायतका पत्रिकामा लेख्दै आएका छन् । नेपाली सेनामा कार्यरत अवस्थामा सुर्खेत, भोजपुर, झापा, काठमाडौ, त्रिशुली लगायत क्षेत्रमा रहँदाको स्थितिमा देखे भागेका भोगाईहरु फाइदै फाइदामा समावेश गरेका छन् ।

तस्बिर मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्