Logo

बिनाभरपाइ १० लाखः सचिवहरुको भागाभाग



काठमाडौं ६ फागुन । सरकारले तोकेको वार्षिक सञ्चालन खर्च ४ लाखबाट बढाएर साविकका गाउँ विकास समितिका सचिवहरुले थप रकम खर्च गरेको खुलासा भएको छ ।

लेखापरीक्षणमा खर्चको बिल भरपाइ जुटाउन नसकेपछि सचिवहरुको भागाभाग भएको छ भने केही सचिवहरुले लेखा परीक्षणमा खटिई आउने मलेपका डोर टोलीलाई मिलाइसकेको बताउन थालेका छन् ।

मलेपका लागि खटिई आउने टोली सदस्य जगदीश घिमिरेले कसैले मिलाउन नसक्ने बताएका छन् ।  मलेपको नीति विपरीत लेखा परीक्षणमा नभेटिएका बिल भरपाइलाई पुनः तयार गर्ने गरी सचिवहरुलाई सहुलियत दिइरहेको छ । घिमिरेले ३५ दिनसम्म त्यस्ता बिल भर्पाइ ल्याउन सकिने बताए । नेपाल समाचारपत्रमा छापिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot