Logo

वडाध्यक्षका ५ बर्षीय छोरा मोहम्म एमान अपहरणमा



काठमाडौं ६ फागुन । मायादेवी गाउँपालिका ४ का वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानका ५ बर्षीय छोरा मोहम्म एमान अपहरणमा परेका छन् । घर पिपराबाट बिहीबार बिहान ८ः३० बजे बुलाहीहवास्थित मदरसामा पढुन जानेक्रममा अपरिचित मानिसले छोरालाई अपरण गरी लगेको वडाध्यक्ष मुसलमानले बताए ।

एमान कान्छो छोरा हुन् । समैया मदरसामा कक्षा १ मा पढ्ने कान्छो छोरालाई रातो र कालो रङका पल्सर मोटरसाईकलमा आएका २ जनाले अपहरण गरी लगेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै मुसलमानले बताए ।, आजको नागरिकमा यो खबर छ ।



प्रतिक्रिया दिनुहोस्