Logo

बिष्णु प्राविको लागि आधा करोडको आर्थिक सहयोग



कौरव खत्रीः गुल्मी बाग्लुङ्ग ६ फाल्गुन । बाग्लुङ्गको एक प्राथमिक विद्यालयको लागि झण्डै आधा करोड आर्थिक सहयोग जुटेको छ । गल्कोट नगरपालिका ९ रिष्मीमा रहेको बिष्णु प्राथमिक विद्यालयको लागि यस क्षेत्रका स्वदेश तथा विदेश लगायतमा रहेका स्थानीय बासिन्दाहरुबाट विद्यालयको लागि रु.४७ लाख, ६२ हजार, ३ सय, ९२ रुपैया आर्थिक सहयोग जुटेको विद्यालयका प्रधानाध्यापक प्रेमसागर सापकोटाले जानकारी दिए ।

विद्यालयमा शैक्षिक गुणस्तर सुधार गदै कम्प्युटरमय शिक्षा र अंग्रेजी माध्यमबाट पठनपाठन गराउदै शैक्षिक सामगी निर्माण, भवन निर्माण, बालमैत्री शैक्षिक वातावरण, कक्षाकोठा, शैक्षिक सामग्री तथा खेलमैदान व्यवस्थापन र भौतिक व्यवस्थापन लगायतका उद्देश्य राखेर विद्यालयले आर्थिक अभियान मार्फत सहयोग रकम संकलन भएको विद्यालय श्रोतले जनाएको छ ।

विद्यालयले आफ्नो स्थापना कालको २५ औ बर्ष प्रवेश गरेको अबसरमा गत पौष १० गते देखि १२ सम्ममा विद्यालयले विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित रजत महोत्सव मनाएको थियो ।



प्रतिक्रिया दिनुहोस्