Logo

सातै प्रदेशमा महिला उपसभामुख



काठमाडौ ७ फागुन ।
काठमाडौ । गत संसदमा महिला सभामुख भए पनि सातै प्रदेश संसदको उपसभामुखमा महिला चयन भएका छन् । प्रमुख पद दावी गर्दै आए पनि उनीहरु उपसभामुख पदमा चयन भएका हुन् ।प्रदेश १ को उपसभामुख पदमा सरस्वती पोखरेलको मात्र उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएकी हुन् ।

सुनसरी घर भएकी पोखरेल २०३२ सालमा प्युठानमा जन्मिएकी हुन् । २०४६ सालदेखि राजनीतिमा लागेकी उनी समाजशास्त्रमा स्नातकोत्तर गरेकी हुन् । २०५४ सालमा एमाले विभाजनपछि माले पार्टीमा काम गरिन् । ०५८ सालदेखि माओवादी जनयुद्धमा लागेकी हुन् । हाल उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा सुनसरी जिल्लाको संयोजक हुन् । पोखरेल समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य भएकी हुन् ।

प्रदेश २ को उपसभामुखमा सप्तरीकी उपमा देव निर्वाचित भएकी छन् । सामान्य पारिवारिक अवस्थाकी देव समानुपातिक प्रदेशसभा सदस्य बन्दै उपसभामुखसम्मको यात्रा तय गरेकी हुन् । भारत बिहारको फारविसगन्ज माइती भएकी देव सन् १९९२ मा बिहेपछि नेपाली नागरिक भएकी थिइन् । २ छोरा र एक छोरीकी आमा उपमालाई अब घरकी गृहिणीसँगै २ नम्बर प्रदेशको नीति निर्माण गर्ने जिम्मेवारी पनि थपिएको छ ।
प्रदेश १ उपभामुख सरस्वती पोखरेल
प्रदेश २ उपसभामुख उपमा देव
प्रदेश ३ उपसभामुख राधिका तामाङ
प्रदेश ४ उपसभामुख सृजना शर्मा
प्रदेश ६ उपसभामुख पुष्पा घर्ती
प्रदेश ७ उपसभामुख निर्मला बडाल जोशी

‘हिजोका दिनजस्तो मधेसका महिलाहरू अब घुम्टोभित्र होइन, नीति निर्माण तहमा पुगेर काम गर्न सक्षक भइसकेका छन्,’ उनले भनिन्, ‘अबसर पाए मधेसी महिलामा जिम्मेवारी पूरा गर्न सक्छिन् ।’ राजनीतिमा इमान्दारीपूर्वक लागे समयमा मूल्यांकन हुने गरेको बताउँदै उनले आफूले पार्टी, आन्दोलन र जनताका लागि गरेको कार्यको सम्मानस्वरूप उपसभामुख हुन पाएको बताइन् ।

स्नातकसम्मको अध्ययन गरेकी उपसभामुख देव ८ वर्षअघि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरी राजनैतिक यात्रा प्रारम्भ गरेकी थिइन् ।

प्रदेश ३ को उपसभामुखमा नुवाकोटकी राधिका तामाङ चयन भइन् । २०४० सालमा जन्मिएकी मोक्तान २०५४ सालदेखि तत्कालिन माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा आवद्ध भएकी थिइन् । उनी २०६१ सालमा जिल्ला जनसरकार प्रमुख पनि भएकी थिएन । तामाङ २०७० सालको दोस्रो संविधानसभामा समानुपातिक सांसद थिइन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनले कृषि राज्यमन्त्रीको जिम्मेवारी समेत पाएकी थिइन् ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्