Logo

आज विप्लभ माओवादीको नेपाल बन्द



काठमाडौं ८ फागुन ।  नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द गरेको छ ।  नेपाल बन्दको सामान्य प्रभाव परेको छ । नेपाल बन्दको अवेज्ञा गरेको भन्दै बिहानै विराटनगरको २ स्थानमा गाडीमा आगजनी गरेको छ । नेकपाका कार्यकर्ताले बन्दको अवज्ञ गरेको भन्दै मोरङको विराटनगरस्थित सलकपुर र ढाटमा माल बाहक ट्रकमाथि कारबाहीको गरेको हो ।

पार्टीले आफ्ना नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट ब्युरो सदस्य पदमबहादुर राई‘विकास’लगायत टोलीलाई आइतबार बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै आज नेपाल बन्द गरेको बताएको छ । राजधानीमा भने गाडी चलिरहेका छन् । बन्दको प्रभाव देखिएको छैन ।



प्रतिक्रिया दिनुहोस्