Logo

राष्ट्रपति र उपराष्ट्रपति दोहोरिने, सभामुखमा महराको सम्भावना



काठमाडौं ८ फागुन । राष्ट्रपति र उपराष्ट्रपति दोहोरिने भएका छन् । नेकपा एमाले र माओादी केन्द्रले राष्ट्रपति र उपराष्ट्रपति दोहोर्याउने सहमति गरेका छन् । गोप्य रुपमा भएको सहमति बाहिर ल्याइएको छैन । पार्टी एकतापछि आजदेखि दुई पार्टी राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभामुख र उपसभामुख चयनमा लाग्न्ेछन् ।

राष्ट्रपति, प्रधानमन्त्री एमालेबाट र उपराष्ट्रपति र सभामुख माओवादी केन्दबाट बन्ने यसअघि नै सहमति भइसकेको छ । माओवादी केन्द्का नेता बर्षान पुन अनन्तले राष्ट्रपतिमा विद्यादेवी भण्डारी र उपराष्ट्रपतिा नन्दबहादुर पुन दोहोरिने जानकारी दिए । उनका अनुसार त्यसमा सहमति भइसकेको छ ।

सभामुखमा माओवादीबाट ओनसरी घर्ती दोहोर्याउने वा कृष्णबहादुर महरालाई पठाउने भन्नेमा छलफल चलिरहेको छ । महराको सम्भावना बढी छ । ‘राष्ट्रपतिमा विद्या भण्डारी र उपराष्ट्रपतिा पुनलाई नै दोहोर्‍याउने सहमति जस्र्त भएको छ’ ऋषि धमलासँगको कुराकानीमा पुनले भने, राष्ट्रपति उपराष्ट्रपति पनि दोहोरिने भएकाले यसमा विवाद हुने छैन । ’

भण्डारीको दुईवर्षे कार्यकाल विवादरहित ढंगले बितेको र एमाले अध्यक्ष ओलीसँग विश्वासको सम्बन्ध भएका कारण पनि उनलाई पुनः राष्ट्रपति बनाउँदा आगामी दिनमा सत्ता सञ्चालन सहज हुने बुझाइ एमालेवृत्तमा छ । उपराष्ट्रपति पुनप्रति पनि एमाले–माओवादीका नेताहरू लचक छन् । प्रचण्ड, वर्षमान पुन, जनार्दन शर्मा, चक्रपाणि खनालजस्ता विगतका लडाकू कमान्डरहरूले सहमति गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्