Logo

देउवा सरकारको निर्णय रद्ध गरेकोमा कांग्रेसको आपत्ति, राष्ट्रियसभा सदस्य सिफारिस असंवैधानिक



काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसले राष्ट्रियसभाकाका लागि पूर्ववर्ति सरकारले पठाएको सूचि रद्ध गरेर ओली सरकारले असंवैधानिक कदम चालेको आरोप लगाएको छ ।

संविधान र राष्ट्रिय सहमतिको भावना विपरित भएको कांग्रेसको ठहर छ । पूर्ववर्ति देउवा सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो ।

तर, मन्त्रिपरिषदको मंगलबार विहान बसेको बैठकले देउवा सरकारले गरेको सिफारिस रद्द गर्दै युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राईको नाम पठाएको छ ।



प्रतिक्रिया दिनुहोस्