Logo

बिवश दर्लामीको शब्द, संगीतमा नयाँ गीत- भिडियो सहित



काठमाडौं, ८ फागुन । नेपाली लोक तथा दोहोरी गीत क्षेत्रमा लामो समय देखि योग्दान दिदै आएका तमाम सर्जकहरु सिमित घेरामा बाँचिरहेका छन् भन्दा अन्यथा नहोला । कसैलाई मालामाल हुने यो क्षेत्र कसैलाई टिक्नै मुस्किल बनिदिन्छ । कसैले कमाउनु कमाएका छन् । कसैको हातमा शून्य छ । कसैले रहरमा गीतहरु बजारमा पठाईरहेका छन् । कसैले निक्कै परिश्रम गरेर निरन्तर गीतहरु बजारमा पठाईरहेका छन् ।

हुन त चर्चित हुनु ठुलो कुरा होईन । लोकप्रिय बन्नु ठूलो कुरा हो । नेपाली कला क्षेत्रमा लोकप्रिय बन्ने भन्दा कसरी चर्चित बन्ने रु भनेर लागि परेको पाईन्छ । यो गलत चरित्र हो । विभिन्न रोधीघरमा कयन कलाकारहरु चर्को श्रम बेचेर काम गरिरहेका छन् । दोहोरी साँझबाटै आफ्नो पहिचान कमाउछु भनेर बसेका कतिपय कलाकारहरु आफूसँगैका कलाकाहरु भन्दा निक्कै पछि परेका पनि छन् ।

अनेक बाधा व्यवधानहरुसँगै गीत संगीतलाई माया गर्ने मध्यका एक सर्जक हुन बिवश दर्लामी । गायक बिवश दर्लामीको शब्द, संतीत एवम् स्वरमा निक्कै कर्णप्रिय लोकभाका बजारमा आएको छ । ‘तिमीलाई सम्झेर दिन कटाउने’ बोलको उक्त गीतमा गायक दर्लामीलाई जीवनी थापा मगरले स्वरमा साथ दिएकी छन् । सागर विरहीले संगीत संयोजन गरेका छन् ।

उक्त गीतको भिडियो निर्देशन चित्र अविरल श्रीपाईलीले गरेका छन् भने छायांकन तथा भिडियो सम्पदान अरुण कुमार सुनारले गरेका छन् । बिशाल बैरागी र चिना केसीको अभिनय रहेको गीतलाई दिक्षान्त म्यूजिक प्रा।लीले बजार व्यवस्थापन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्