
काठमाडौं ९ फागुन । पार्टी एकतामा सहमत भउका एमाले माओवादी केन्द्रको एकीकृत पार्टीको संगठनात्मक संरचना कस्तो बन्ला ?दुवै पार्टीका केन्द्रीय समितिलाई कसरी एउटै समितिमा परिणत गर्लान् ?
पार्टी एकताको सहमतिपछि अहिले दुवै पार्टीभित्र नेता कार्यकर्तामा जिज्ञासा छ । दुई अध्यक्षतात्मक प्रणालीमार्फत संयुक्त रुपमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले एकीकृत पार्टीको नेतृत्व गर्ने समझदारी बनाएका दुवै पार्टीले पार्टीको सगठनात्मक ढाँचासहित आन्तरिम विधान बनाउन सोमबार कार्यदल गठन गरेका छन् ।
एमालेका तर्फबाट पदाधिकारी र माओवादी केन्द्रका पुर्वपदाधिकारी नेताहरु रहेको चुस्त र सानो आकारको कमिटिलाई नै अहिले पार्टीको माथिल्लो निकायको संरचना बनाउने कि भन्ने दुई पार्टीबीच छलफल चलेको छ । अन्नपूर्णपोष्टबाट