Logo

संविधान संशोधनमा एमाले सकारात्मक



काठमाडौं १० फागुन । सरकारको नेतृत्व गरेको एमाले संविधान संशोधन गर्न सकारात्मक देखिएको छ । संघीय समाजवादी फोरमका नेतासँग बुधबार भएको वार्तामा एमाले संविधान संशोधनप्रति सकारात्मक देखिएको हो । त्यसका लागि एमालेले कार्यदल बनाउने भएको छ ।

‘संविधान संशोधनप्रति एमाले सकारात्मक देखिएको छ,’ फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘अब व्यवहारमा हेर्न बाँकी छ ।’ उनका अनुसार संविधान संशोधनमा एमाले लचक भए धेरै विषयमा सहमति हुँदै जानेछ ।

मन्त्रिपरिषद विस्तार तयारी भइरहेका बेला भएको यो वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । फोरमसँग सहमति भए उसलाई उपसभामुख र मन्त्री दिने सहमति भइसकेको स्रोतको दावी छ । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्