Logo

नेपालको जनसंख्याभन्दा ७० लाख बढी मोबाइल ग्राहक



काठमाडौं ११ फागुन । केन्द्रीय तथ्यांक विभाग (सीबीएस) को पछिल्लो तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ८९ लाख ८० हजारभन्दा बढी छ । यसमध्ये ४० लाखभन्दा बढी व्रदेशिक रोजगारीमा भएको अनुमान गरिएको छ । आजको कारोबारमा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, त्यस्तै पाँच लाखभन्दा बढी नेपाली विद्यार्थीका रुपमा संसारका विभिन्न मुलुकमा छन् । यस्तै, सिजनल रोजगारीका लागि भारतका विभिन्न सहरमा रोजगारीका लागि जानेको संख्या पनि २० लाखभन्दा बढी रहेको बताइन्छ ।

यसरी हेर्दा नेपालमा कति जनसंख्याको बसोबास छ भन्ने एकिन गर्न निकै कठिन छ । तर, नेपालमा दूरसञ्चार क्षेत्रका ग्राहक भने कुल जनसंख्याभन्दा बढी देखिन्छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ३ करोड ५९ लाख १२ हजार सिमकार्ड बिक्री भइसकेको छ । यसरी हेर्दा नेपालको जनसंख्याभन्दा ७० लाख बढी मोबाइल सिमकार्ड वितरण भएको छ । कारोबारबाट



प्रतिक्रिया दिनुहोस्