Logo

नेपाल–भारत सचिवस्तरीय बैठक दिल्लीमा



काठमाडौं ११ फागुन । नेपाल–भारत एकीकृत जाँच चौकी निर्माणसम्बन्धी सञ्चालन समितिको आठौं बैठक बिहीबार भारतको राजधानी नयाँदिल्लीमा बसेको छ ।

सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माको सहअध्यक्षता रहेको भारतका सीमा व्यवस्थापन सचिवसहितको उक्त बैठकमा वीरगन्ज र विराटनगरमा निर्माणाधीन एकीकृत जाँच चौकीको वस्तुस्थिति तथा निर्माण प्रगतिबारे परामर्शदाताले जानकारी गराएको भारतीय दूतावासले जनाएको छ ।

रहवा र नेपालगन्जमा पनि एकीकृत जाँच चौकी निर्माणको तयारीबारे परामर्शदाताले बैठकमा अवगत गराएको तथा निर्माण र सञ्चालनसम्बन्धी सम्पूर्ण समस्या यथाशीघ्र समाधान गरी अघि बढ्न दुवै पक्षले प्रतिबद्धता जनाएका छन् ।

वीरगन्ज–रक्सौल र विराटनगर–जोगवनीलाई पहिलो चरणमा निर्माण गर्ने सहमतिअनुरूप निर्माणको काम अघि बढाइएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।



प्रतिक्रिया दिनुहोस्