Logo

गृहमा नै किन गरे माओवादी नेताले दावी ? शर्माको अडानले रोचक बन्दै विवाद



काठमाडौं ११ फागुन । नेकपा माओवादी केन्द्रमा आधा दर्जन नेताले गृहको दावी गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अप्ठ्यारोमा परेका छन् । अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र तथा प्रभावशाली नेताहरूले नै गृहमन्त्रीको दाबी नछाडेपछि दाहाल निर्णयमा पुग्न सकिरहेका छैनन्।

माओवादीबाट गृहमा रामबहादुर थापा , वर्षमान पुन, जनार्दन शर्मासम्मले दाबी प्रस्तुत गरेका छन्। पम्फा भूषाल, मातृका यादवले पनि गृहमन्त्री दावी गरेका छन् । उपप्रधानमन्त्री बनाउने भएपछि सबैलाई गृह चाहिएको हो । मन्त्रालयको पोर्टफुलियो हेरेर गृहमा दावी परेका एक नेताले बताए । थापालाई उपप्रधान तथा अन्य मन्त्रालय दिएर सरकारको नेतृत्व दिन नेता पुनले अध्यक्ष दाहाललाई सुरुमा दबाब बढाएका थिए। तर, प्रधानमन्त्री केपी ओली र दाहालबीच सकभर उपप्रधानमन्त्री नराखी मन्त्री बनाउने तयारीमा छलफल चलेपछि माओवादीभित्र ‘गृहमा मोह’ बढेको हो। थापा विगतमा रक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका कारण यसपटक गृह आफूले लिएर सरकारको नेतृत्व पार्टीका तर्फबाट गरेर जान चाहन्छन्।

तर, पुन आफैं गृहमन्त्री हुने लबिङमा छन्। अर्का नेता तथा पूर्वगृहमन्त्री जर्नादन शर्मा आफू बन्न लागेका छन् । आफु बन्ने अवस्था नआए भने पुनलाई गृहमा रोक्ने तयारीमा थापालाई स्वीकार्ने पक्षमा छन् । माओवादीभित्रको गृह लफडा रोचक बन्न थालेको छ। बिहान बस्ने बैठकले त्यसको टुङ्गो लगाउने छ ।माओवादी केन्द्रको पदाधिकारी बैठक बिहान बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस्