Logo

‘सुखी नेपाल र समृद्ध नेपाल’को जिम्मेवारी युद्धस्तरमा



काठमाडौँ, ११ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘सुखी नेपाल र समृद्ध नेपाल’को जिम्मेवारी युद्धस्तरमा शुरु हुने बताउनुभएको छ ।

उहाँको नियुक्तिपश्चात् बालुवाटारमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै पाँच वर्षे कार्ययोजनाअनुसार जिम्मेवार भएर सरकार अगाडि बढ्ने बताउनुभयो । मन्त्रिमण्डल चाँडै विस्तार उल्लेख गर्दै उहाँले नेकपा ९एमाले० र नेकपा ९माओवादी० केद्रबीच मन्त्रालय र व्यक्तिका विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

प्रमुख राजनीतिक सल्लाहकार रिमालले भन्नुभयो, “यथाशीघ्र मन्त्रिमण्डल विस्तार भएर काम शुरु हुन्छ । उहाँ अघिल्लो कार्यकालमा पनि सोही जिम्मेवारीमा हुनुहुन्थ्यो ।

एमालेका पोलिटब्यूरो सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट०का अध्यक्ष रिमाल संविधानसभाका पूर्व सदस्य हुनुहुन्छ । प्रधानमन्त्री ओली यही फागुन ३ गते नियुक्त भएपछि सचिवालयमा उहाँको यो पहिलो नियुक्ति हो । रासस



प्रतिक्रिया दिनुहोस्