Logo

हेटौंडा गोल्डकप डिफेण्डिङ च्याम्पियनमा आर्मीलाई पुलिस क्लब चुनौती



हेटौंडा, ११ फागुन । हेटौंडा गोल्डकपको फाइनलमा दुई विभागीय टीम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । दुबै टीमले शनिबार हुने फाइनल खेल आफ्नो पक्षमा पारेर उपाधि आफूले जित्ने दाबी गरेका छन् ।

हेटौंडा गोल्डकपको पहिलो र दोस्रो संस्करणमा फाइनल खेलेको आर्मी दोस्रो संस्करणको विजेता हो ।पहिलो संस्करणमा मनाङ मर्स्याङ्दीसँग पराजित भएको आर्मीले दोस्रो संस्करणमा मनाङलाई पराजित गर्दै उपाधि जितेको थियो । नेपाल पुलिस क्लब भने पहिलो पटक हेटौंडा गोल्डकपको फाइनलमा पुगेको हो ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफूहरु छठौं उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको भन्दै उपाधि जित्नेमा विश्वस्त रहेको बताए ।

केही खेलाडी सामान्य घाइते रहे पनि पाएका थोरै अवसरलाई सदुपयोग गर्न सके जित पक्का रहेको उनको भनाइ छ । आर्मीका कप्तान भरत खवासले आफूहरु पाएको अवसरलाई सदुपयोग गर्दै उपाधि हात पार्ने रणनीति अनुसार अघि बढ्ने बताए ।

नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले खेलाडीहरु लयमा रहेको र युवाहरु खेलाडी भएकाले उपाधि जित्नेमा आफू विश्वस्त रहेको बताए । पुलिसका कप्तान हेम तामाङले पुलिसको टिमवर्क राम्रो रहेकाले जित्नेमा ढुक्क रहेको दाबी गरे ।

आर्मीले सेमिफाइनलमा मनाङ मस्र्याङ्दीलाई १० ले पाखा लगाउदै फइनल पुगेको हो छ भने पुलिस क्लबले संकटालाई २(० ले पराजित गर्दै आर्मीसँगको उपाधि भिडन्त पक्का गरेको हो ।



प्रतिक्रिया दिनुहोस्