Logo

एक अन्तरवार्ताः ऐलानी उपन्यास र लेखक बिवेक



काठमाडौं, ११ फागुन । उपन्यासकार विवेक ओझाको उपन्यास ‘ऐलानी’को रि–प्रिन्ट हुने भएको छ । गत मंसिर २९ गते विमोचन गरिएको उपन्यास ‘ऐलानी’ सांग्रीला बुक हाउसले प्रकाशन गरेको थियो ।

विवेक ओझा शक्तिशाली गजलकार पनि हुन । लामो समय र मेहनत लगाएर उनले उपन्यास प्रकाशन गरेका थिए । केही दिन अघिमात्रै प्रकाशन गृहले उनको उपन्यास ऐलानीलाई रि–प्रिन्ट गर्ने तयार थालेको जानकारी दिएको थियो ।
उनै उपन्यासकार ओझासँग गरिएको कुराकानीको सम्पादति अंशः

ऐलानी उपन्यासको पुन मुर्दण हुने भएको छ । कस्तो लागेको छ ?

पहिलो आख्यानले नै यसरी माया पाउँदा निकै उत्साहित भएको छु । यसले आगामी दिनका लागि चुनौति थपेको महसुस भएको छ । साथै लेखनको यात्रामा उर्जा थपिएको महसुस गरेको छु । समग्रमा भन्नुपर्दा निकै खुसी लागेको छ ।

यति छोटो समयभित्र पहिलो मुद्रण बिक्रि भएर सकिनुले ऐलानीले कुन सन्देश दिएको मान्ने ?

सायद उपन्यासले पाठकको मन जित्यो । मैले जुन लगाव र मेहेनतले यो लेखेँ त्यसले न्याय पाएको ठान्छु ।

साहित्यकारकाबीचमा  ऐलानि गन्थन मन्थनको विषय पनि बन्यो होइन त ?

जरुर बन्यो । साहित्य कृतिको गन्थन मन्थन हुनु स्वभाबिक पनि त हो । अग्रजहरुको माया पाईरहेको छु । सामाजिक सन्जालमा किताबमाथि बहस भईरहन्छ । ऐलानीप्रतिको एककिसिमको चासो राखेको सुन्छु । यो नै सायद मैले पाएको सफलता हो ।

ऐलानी उपन्यास पढेर राम्रा मात्रै प्रतिक्रिया पाउनु भयो कि आलोचना पनि ? 

निकै राम्रा प्रतिक्रियाहरु पाईरहेको छु । यति सुन्दर प्रतिकृयाहरुको बास्तबमा मलाई अपेक्षा थिएन । पाठक अनुसारका केहि सुझवहरु पनि पाईरहेको छु । यद्यपी उनीहरुको पनि समग्रमा पुस्तक मन पराएको प्रतिक्रिया नै हुन्छ । यो सिलसिला चल्दै छ ।

कृतिमाथी आलोचना आवश्यक छ कि छैन ? 

स्वच्छ आलोचना आवश्यक रहन्छ नै । त्यस्तो आलोचनाले साहित्यको हित नै गर्छ । तर, कुनै एक बादको चस्मा लगाएर गरिने आलोचनाको म पक्षमा छैन । अझ हाम्रोमा गुटिए आलोचनाको बिकाश भैरहेकोछ , यो त साहित्यकोलागि क्यान्सर नै हो । आफ्नो गुटका मान्छेको दागको पनि सौन्दर्यको र प्रयोगको गाथामा बिश्लेषण गरेको पनि सुनिन्छ, त्यसले क्षणिक रुपमा भ्रम त छर्ला तर दिर्घकालिन रुपमा कुनै अर्थ राख्दैन ।

यस उपन्यासको रोयल्टी प्राप्त गर्नु भयो या भएन ?

यो प्रश्न स्वभाविक एबम् अनौठो पनि लाग्यो । कस्तो कस्तो ? तथापी नढाटि भन्नूपर्दा यो किताब वजारमा आउनुभन्दा पहिल्यै मैले एक किस्ता रकम लिईसकेको थिएँ । नयाँ लेखकलाई समेत यस किसिमको माया गर्नुहुने साङ्ग्रिला बुकलाई सम्झन चाहेँ ।

यस उपन्यासको मुल विषय बनेको ऐलानी पक्षलाई उपन्यासले न्याय गर्नमा साथ दियो ?

नामको सफल पक्षको लामै बिबेचना सुन्न पाईयो । अन्य थुप्रै प्रतिक्रियाले पनि उपन्यासले नामलाई न्याय गरेको नै देखिन्छ ।

तपाई गजलकार पनि हो । आगामी दिनहरुमा गजलका कृति आउछन कि उपन्यास मात्रै लेख्नु हुन्छ ?

अहिले मैले पाईरहेको मायामा गजलको पनि बिशेष योगदान जोडिएको छ । बर्तमान समयमा म एककिसिमले आख्यानमा ढल्किएको छु । गजल लेखेर रहर पुरा भने भैसकेको पनि छैन । मेरो योजनामा एक सुन्दर गजल कृति पनि पर्छ । हेरौ समयले त्यो अनुकुलता कहिले कसरी मिलाउँछ ।



प्रतिक्रिया दिनुहोस्