Logo

लोक दोहोरी गायिका सम्झना भण्डारीको फकर पहिचान – फोटो सहित



धनराज वास्तविक ।
काठमाडौं, १४ फागुन । अधिकांश नेपाली नागरिकहरुको ओठमा झुन्डिने र मनमा बस्न सफल गीत संगीत हो लोक गीत । उसो त तामाङ सेलो, काँठेभाका, झ्याउरे भाका, देउडा भाका, ठाडोभाका, सालैजो, टप्पा आदि गीतहरु नेपाली लोक संस्कृतिभित्र पर्ने विधा नै हुन । लोक भाकाहरुका वरिपरि रहेर निमार्ण गरिएका अनेक दोहोरी गीतहरु पनि उत्तिकै प्रिय छन् र कारुणीक पनि ।

संसारका मानिसहरु आफ्नो पहिचान आफ्नो संस्कृतिलाई जोगाउनको लागि ज्यान दिएर लागेका छन् । दुःखको कुरा हाम्रो देशमा आफ्नो संस्कार संस्कृति र आफ्नो असली पहिचानको बारेमा बेखबर बनिदिने गरेको पाईन्छ । अर्थात अन्य देशले आफ्नो संस्कार संस्कृतिको लागि ज्यान दिन्छ हामीले ध्यान समेत दिदैनौं ।
जब हाम्रो संस्कृतिका बारेमा हामीले नै ध्यान दिन छोड्छौं । त्यसपछि शूरु हुन्छ अस्लिलता र अराजकता उकालो । अनि लाग्छ ऐतिहासिक संस्कृतिको गति ओरालो । त्यसपछि शुरु हुन्छ अन्य संस्कृतिहरुबाट प्रहार । आफ्नो शरिरमा रहेको विणाको खोजिमा कस्तुरी मृग जस्तै हामी नेपालीहरु भौतारिरहेको सत्य हो । आजको सर्वोउत्कृष्ट मुलुक अमेरिका भन्दा ८ वर्ष पुरानो तथा विराट हाम्रो देश विश्वकै एकमात्र यस्तो देश हो जहाँ मावन सभ्यताको शुरुवात भएको थियो । यहि भूमिको भाषा साहित्य, धर्म संस्कृतिको उर्वर भूमिलाई अनेकन कोणबाट आक्रमण भईरहेको जकजायर छ ।

विशेषगरि लोकदोहोरी क्षेत्रमा केही बाहेक धेरै कलाकारहरुले लोकगीत संगीतको मर्मलाई जोगाउन ठुलो भूमिका खेलेका छन् । कलाकार माथि ठूलो आरोप पनि छ, लोक संस्कृतिलाई विकृति तर्फ लैजाने यिनै हुन । तर सबैले बुझ्नुपर्ने कुरा यो हो कि चर्चित हुनु र लोकप्रिय बन्नु नितान्तै फरक कुरा हुन भनेर । कलाकारीतामा लागेर आफ्नो संस्कृतिमाथि प्रहार गर्नु समाज र व्यक्तिगत रुपमा पनि स्वभनिय होईन । चर्चा कमाउने अनि केही दिन मै विलिन भएर लाजे हो वा खहरे भएर सुक्ने हो भने त्यस्तो गरेको स्वभाविक मानियला तर त्यसले विधा र समाजलाई कस्तो असर पार्छ भन्ने कुरा अहम भएर रहरिहन्छ ।

नेपालका हरेक जिल्लाहरु कुनै न कुनै रुपमा सम्पन्न र ऐतिहासिक छन् । यसैमध्यको एक जिल्ला हो लम्जुङ । लोकदोहोरी गायक राजु परियार, बिमा कुमारी दुरा लगायत विशिष्ठ अग्रजहरुको जन्मथलो लम्जुङमै जन्मिएका धेरै नयाँ कलाकारहरुलाई देख्न सकिन्छ । यिनै धेरै मध्य पछिल्लो समयमा निक्कै लोकप्रिय बनेको एउटा नाम हो सम्झना भण्डारी । समग्र मुलुकको कलाकार बन्नु चानचुने कुरा होईन । यति लामो गन्थन पनि उनै सम्झनामा सर्मपित गर्नको लागि हो ।

आजभन्दा ६-७ वर्ष पहिले लोकदोहोरी क्षेत्रमा प्रवेश गरेकी गायिका भण्डारी रोधी घरबाट गायनमा प्रवेश गरेकी हुन । स्व.गायिका मञ्जु महतले सञ्चालन गरेको बाग्लुङ कालिका दोहोरी साँझमा काम गर्दै पछि गामवेसीमा गईन । करिब एकवर्ष देखि रोधीमा गाउन छोडेको बताउने गायिका भण्डारी लम्जुङ सिमपानिमा आमा गोमा भण्डारी र पिता हस्तबहादुर भण्डारीको कोखबाट माईली सन्तानको रुपमा जन्मिएकी हुन । गायिका भण्डारीको मनमा नेपाली पन र नेपाली कला संस्कृति प्रतिको अघात प्रेम छ ।

अग्रज पृथ्वी थकालीको साथ सहयोगलाई भण्डारी आफ्नो आर्दशमार्ग प्रशस्त भएको स्वीकार गर्छिन् । २२ वर्षिया गायिका भण्डारी व्यवहारमा सरल छन् । मेला महोत्सवमा जादा आफ्नो यति नै मूल्य तोकेर पैसा लिने गरेकी छैनन् । पूर्वमेचीदेखि पश्चिम महाकालिसम्मका धेरै जसो मेलामहोत्सवमा उनको जोडदार प्रस्तुति रहन्छ । अनि थोरै कलाकारहरुको विशेषता उनमा पाईन्छ । नेपाली पहिरनमा उनि स्टेज उक्लिन्छन् । दर्शकहरुले तालि र हल्लाले उनको आगमनलाई स्वागत गर्छन् । उनी गुन्यू चोलीबीना स्टेज उक्लिदैनन् ।

पाल्पाली ढाका र अन्य बजारमा पाईने ढाकाका कपडाहरुले उनको दराज टनाटन भएको बताउछिन् । मौलिक सस्कृति र लोकगीतको मर्मलाई जोगाउनको लागि पनि यो पहिरन रोजेको बताउछिन् । काठमाडौलाई कर्मथलो बनाएकी भण्डारी आजभोलि मेलामहोत्सवमा व्यस्त छिन् । उनले दुई दर्जन भन्दा बढि गीतमा आवाज भरिसकेकी छन् । चर्चित गायक पशुपति शर्मासँगको सहकार्यमा बजारमा आएको तीज गीत बत्ति बाल्नै प्रर्दैन बोलको गीतले खुब चर्चा कमाएकी थिईन । त्यस्तै ‘तोरी भएछ’ बोलको गीत पनि उत्तिकै लोप्रिय गीत हो ।
थरीथरीका सारिमा सजिएकी सम्झना 

 

 

 



प्रतिक्रिया दिनुहोस्