Logo

उपेन्द्रले केन्द्र ताक्दा प्रदेशको सहकार्य संकटमा



काठमाडौं १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउने कसरतमा जुट्नु भएको छ । प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवबीच त्रिपक्षीय वार्ता भइरहेको छ । हिजोको वार्तामा निष्कर्ष नआएकाले आज थप छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिनेगरी सरकारमा सहभागी हुन संघीय समाजवादी फोरमका अध्यक्ष यादवलाई आग्रह गरेका छन् ।

जवाफमा यादवले भने संविधान संशोधन लगायत राजनीतिक विषयमा सहमति नजुट्दासम्म आफ्नो पार्टी सरकारमा जाने सम्भावना नरहेको यादवले बताए । उनका अनुसार यो हप्ता नै सरकारमा जाने नजाने विषयमा टुङ्गो लाग्नेछ । यादाव नेतृत्वको फोरम सरकार जाने भएपनि राजापले आपत्ति जनाएको छ । प्रदेश नम्बर २ मा भएको सहकार्य संकटमा पर्न सक्ने नेताहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्