Logo

युवा जागरण अभियान कर्णाली प्रदेशमा प्रवेश



काठमाडौं, १७ फागुन । नेपालि कांग्रेसका युवा नेता एवम् युवा जागरण अभियानका संयोजक चिन्तन पौडेलले सामाजिक बिकासबाटै राष्ट्रको समृद्धि सम्भब रहेको बताएका छन् ।

‘सामाजिक बिकासबाटै राष्ट्रको समृद्धि सम्भव छ’ भन्ने मुल नाराका साथ तनहुबाट सुरु गरिएको युवा जागरण अभियानको निरन्तरता अन्तरगत फागुन १६ गते ५ नम्बर प्रदेशको बाँके जिल्लाको ॐ रिसोर्ट धम्बोजि चोकमा बिहान ८ बजे पत्रकार सम्मेलन गर्दै युवा जागरण अभियानको भाबि कार्यदिशा, रणनिति र कार्यक्रमको घोषणा गरेका थिए ।

फागुन १७ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पुगेको नेवि संघका केन्द्रिय सदस्य अर्जुन बमले जानकारि दिएका छन् । यूवा नेता पौडेलले युवाहरुको राजनिति प्रति वितृष्णा कम गराउदै राजनितिलाइ सम्मानित बनाउन र सचेत यवा सहितको समाज निर्माण गर्ने हेतुले सबै प्रदेशमा बिशेष प्रशिक्षण कार्यक्रम गरिने बताए ।

राजनिति सामाजिक बिकास र राष्ट्रको आर्थिक समृद्धिका निम्ति केन्द्रित रहनु पर्छ, त्यसका निम्ति युवाका नाममा राजनिति गर्ने तर युवालाई खाडिमुलुक जान बाध्य गराउने नेता प्रति खबरदारि गर्ने गरि एजेन्डा प्रस्तुत गर्न लागेको नेता पौडेलले जोड दिए ।

उमेरको आधार मात्र होइन, एजेन्डा, बिचार, अनुभब र भिजनका आधारमा राजनिति गरिनुपर्ने, राष्ट्रको अधिकतम लगानि गुणस्तरीय शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, आमुल परिवर्तनका निम्ति गरिनुपर्ने कुरामा युवा जागरण अभियान केन्द्रित रहने र अब निरन्तर समाजका बेथिति, भ्रष्टाचार को अन्त्यका निम्ति बिभिन्न खाले खबरदारि कार्यक्रम, छलफल थालिने बताए ।



प्रतिक्रिया दिनुहोस्