Logo

गाई मारेर गिद्ध संरक्षण गरिएको भन्दै आपत्ति –फोटो फिचर



काठमाडौं, २० फागुन । जगतगूरु पीठ नेपालले गौ रक्षाको लागि सबैलाई सम्वेदनशिल बन्न आग्रह गरेका छ । रिपोर्टर्स क्लब नेपालमा जगदगूरु नेपाल संचार केन्द्रले पत्रकार सम्मेलन गरेर यस्तो आग्रह गरेको हो ।

नेपालका एकमात्र आधिकारिक एतिहासिक जगदगूरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजले प्रदेश नम्बर ७ का कैलाली र कञ्चनपूरका विभिन्न जंगलहरुमा राष्ट्रिय जनावर गाईको निर्ममतापूर्वक हत्या गरिएको भन्दै गौ रक्षार्थ संम्वेदनशिल बन्न आग्रह गरे ।

उनले भने, ‘म महाकालिको यात्रामा थिए, कैलाली र कञ्चनपुरका जंगलहरुमा गाईहरुको लागि बन्दि गृह बनाईएको छ, जहाँ पुशलाई खानेकुरा छैन्, सुख्खा स्थानमा बन्दीगृह बनाएर राखिएको छ, दुधदिदासम्म दुहेर खाने दुध दिन छोडेको खण्डमा सडकमा लिएर छोड्ने गरेको पाईयो, नेपालीहरु पछिल्लो समयमा यति कठोर कसरी बन्न सकेका होलान् ?’

उनले अघि थपे,‘हिजो त्यहि गाईको दुध खाएर बाचेको नेपालीले आजको दिनमा त्यहि गाईलाई गिद्धको आहार बनोस भनेर बन्दिगृहमा भोकभोकै राखेर मार्न चाहन्छ, न कुनै खाने कुरा, न पानि यस्तो विरहलाग्दो स्थिति छ, सयौ गाईहरु मरिरहेका छन्, उक्तिकै संख्यामा गाईहरु मरणाशन्न अवस्थामा छन्, त्यहि बेला एकातिरबाट स्यालले लुछेको छ अर्कोभागमा गिद्ध, कागले आँखा गाढेर खाई रहेको छ।’

उनले भने,‘कुनै जीवलाई मोटाउनको लागि राष्ट्रिय जनावरको निर्ममतापूर्ण हत्या गरिनु कुनै कोर्णबाट न्यायोचित होईन, हाम्रो मुलुक सनातन हिन्दुराज्य हो, राजनीतिमा धर्म हुँदैन रहेछ भन्ने कुरा विगत १० वर्षदेखि हामीले देख्दै आएका छौँ, मैले जब त्यो हृदय बिदारक स्थिति देखे त्यसपछि अन्न खान छोडेको छु, सडकमा गाढिहरुले त्यसैगरि हानेका हुन्छन्, कोही मर्छन् कोही मरणाशन्न अवस्थामा पुग्छन्, त्यपछि हृदय बिदारक मृत्युको पर्खाइमा पुग्छन्।’

जगतगूरुले अघि थपे,‘पत्रकारहरुले चाहेको खण्डमा विश्व हलिन्छ, यो विषय पत्रकारहरुको हो मैले देखे मैले तपाईहरुको बीचमा ल्याईदिएको मात्रै हो, तपाईहरुका मिडियाका पहिलो पृष्ठमा अरु सामान्य लाग्ने समाचार मुख्य बनेर छापिन्छन् यस्ता राष्ट्रका विषय, स्वाभिमानका समाचार मूख्य बन्न सक्दैनन् यो दुःखद कूरा हो ।’

उनले भने,‘सुदुरपश्चिमका विभिन्न सडक र जंगलमा राखिएका गाईहरुको उचित चरन र जंगलमा छोड्नको लागि व्यवस्था नमिलाएसम्म म अन्न खाँदिन, शुल्काफाँटा आरक्षणमा ती गाईहरुको व्यवस्था मिलाउनुपर्छ, राष्ट्रिय जनावरको यो हालत देख्दा देख्दै मैले अन्न खानु जायज लागेन, गाई आमा हुन, हामीले पुज्ने जनावर हो गाई, जुन गाईमाथिको कुरतापूर्ण हत्यालाई रोक्नुपर्छ, कालो कंलक हटाउनमा पत्रकारहरुले लेख्न र बोल्न सकिन्छ ।’



प्रतिक्रिया दिनुहोस्