Logo

बलात्कार प्रयास आरोपमा एक गायकलाई पक्राउ



काठमाडौं २३ फागुन । रुपन्देही प्रहरीले बलात्कार प्रयास आरोपमा एक गायकलाई पक्राउ गरेको छ ।

काठमाडौं बसेर गायन पेशा गर्दै आएका अजय श्रेष्ठ फागुन ९ गते पक्राउ परेका हुन् । सांस्कृतिक कार्यक्रमका लागि फागुन ३ गते टोलीसहित आएका उनीमाथि आफ्नै समूहकी साथीलाई बलात्कार प्रयास गरेको आरोप छ ।

उनले कार्यक्रम सकेर होटलमा बसेका बेला बिहान ४ बजे महिला साथीलाई करणी प्रयास गरेका थिए । महिला प्रतिकार गरेर भागेकी थिइन् । काठमाडौंकै ती महिलाले तत्काल श्रेष्ठविरुद्ध उजुरी दिएकी हुन् । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्